coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

एनसेल र आईफ्लिक्सको सहकार्य

काठमाडौं – एनसेल प्राइभेट लिमिटेडले विश्वव्यापी आइफिल्क्ससँग सहकार्य गरेको घोषणा गरेको छ । यो सहकार्यसँगै बिहीबारदेखि तीन महिनासम्म एनसेलको डाटा सेवा प्रयोग गरी आईफ्लिक्समा रहेको सामाग्री निःशुल्क हेर्न र डाउनलोड गर्न पाउनेछन् ।
तीन महिनाको समयावधिमा एनसेलका ग्राहकले राति १२ बजेदेखि बिहान ५ बजेसम्म एनसेलको डेटा सेवा प्रयोग गरी आईफ्लिक्समा रहेको कुनै पनि सामाग्री निःशुल्क हेर्न तथा डाउनलोड गर्न सक्नेछन् । यसका साथै एनसेलका फोरजी ग्राहकले हरेका दिन बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म थप २ घण्टा आईफ्लिक्सको निःशुल्क मज्जा लिन सक्नेछन् । ‘ग्राहकहरुलाई विश्वस्तरीय मनोरञ्जन प्रदान गरी विभिन्न १९ सहरमा फोरजी सेवा बिस्तार गरेर डिजिटल नेपाल निर्माणको कार्यमा योगदान पुर्याउने छ भन्नेमा आशावादी छौं,’ एनसेलका कर्पोरेट सर्भिसेस् डाइरेक्टर प्रणय आचार्यले भने ।
एनसेलले आईफ्लिक्स अफर ल्याइएको अवसरमा कर सहित ५० रुपैंयामा १ घण्टाको भिडियो प्याक ल्याएको छ। यो प्याकअन्र्तगत ग्राहकले  आईफ्लिक्समा रहेका कन्टेन्टहरु  एक घण्टा सम्म प्रयोग गर्न सक्नेछन् ।  विश्वभर दुई सयभन्दा बढी स्टूडियो रहेको आईफ्लिक्सले ग्राहकमाझ अन्तर्राष्ट्रिय तथा स्थानीय टिभी सिरियल तथा फिल्महरुको संगालो उपलब्ध गराउनेछ ।
‘आईफ्लिक्स स्थानीय ग्राहकहरुको मनोरञ्जनको माग पुरा गर्न अत्यन्त संवेदनशील छ । एनसेलको सहकार्यबाट हाम्रा सामग्रीले नेपाली ग्राहकलाई आफ्ना रोजाईको डिभाइसमा डाउनलोड वा स्ट्रिम गर्ने सुविधा प्रदान गर्न तत्पर छौं,’ आईफ्लिक्सकालागि नेपाल प्रमुख भावना घिमिरेले भनिन् ।
 
ग्राहकले गुगल प्ले व ाआइओएस एप्पल स्टोरमा गएर आईफ्लिक्स एप डाउनलोड गर्न सक्छन् । त्यस्तै आफ्नो इमेल वा फेसबुक अकाउन्ट प्रगोग गरी एपमा रजिष्टर गर्न सक्नेछन् । एप डाउनलोड गर्दा र कन्टेन्टहरु हेर्दा डेटा शुल्क लाग्नेछ । एक पटकमा ग्राहकले मोबाइल, ट्याबलेट, ल्यापटप, डेस्कटप र टीभीमा आईफ्लिक्स पहुँचको मजा लिन सक्छन् ।

 

प्रकाशित: २६ आश्विन २०७४ १२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App