८ वैशाख २०८१ शनिबार
समाज

विर्तामोडमा दिनदहाडै पेस्तोल तेर्साएर सुनपसल लुटपाट

विर्तामोड— झापाको एउटा मुख्य सहर विर्तामोडमा बिहीबार दिनदहाडैसुन पसलमा फिल्मी शैलीमा लुटपाट भएको छ। इलाका प्रहरी कार्यलय विर्तामोडदेखि करिब दुुई सय मिटर नजिकै चोकमा रहेको अष्टलक्ष्मी ज्वेलर्सबाट दिउँसोे २ः४५ बजे अढाई तोला बराबरको सुनको गहना लुुटिएको हो।

ग्राहकको भेषमा आएका एक अपरिचित युवाले कन्चटमा पेस्तोल तेर्साएर सुन लुुटेको अष्टलक्ष्मीका संचालक राजेश बराईलीले जानकारी दिए ।

दिउँसोको ११ बजे। प्रभुु बैंक मुनि रहेको अष्टलक्ष्मी ज्वेलर्समा अन्दाजी २५ वर्षको देखिने एक युवा ज्वेलर्सभित्र पसे। बेहुुलाबेहुलीका लागि गिफ्ट दिनु छ भन्दै उनले सुुनबारे सोधपुुछ गरे। डेढ तोलाको सिक्री र आधा तोलाको जेन्स औँठी लाने कुरा गरे  एड्भान्स कति दिनुपर्छ भनेर सोधे। साहुुजीले एक लाख जति दिए आफूलाई सहज हुुने बताए। ‘त्यसपछि मेरो पैसा आइपुुगेको छैन्, भरेतिर आउँछ भनेर ती व्यक्ति पसलबाट निस्किए,’ पसलका संचालक बराईलीले नागरिकन्युजलाई घटनाक्रम सुनाउँदै भने, ‘पछि पौने तीन बजेतिर उनी फेरि आइपुुगे। म पसलमै ढल्किरहेको थिएँ। श्रीमती उभिइरहेकी थिइन्। दाई कता हुुनुहुुन्छ? भन्दै मलाई खोजेपछि म जुुरुक्क उठेँ। फेरि सुनका डिजाइनहरु हेरौं भने। मैले डिजाइनभन्दा पनि साधारण सिक्री लाँदा राम्रो भनेर सुुझाएँ। ’

त्यसपछि अनुुहारको मास्कलाई मुुखमुनि झारेका ति व्यक्तिले साहुुजीकै छेउमा फोन लगाए र ‘बिहे कहिलेको हो ?’ भन्दै सोधे। ‘साँच्चिकै फोन गरेको हो या एक्टिङ गरेको त्यो मलाई थाहा भएन,’ संचालक बराईंलीले भने, ‘शनिबारको बिहे भन्ने कुरा आयो। मैले शनिबार बिहानसम्म सुुन तयार गरिदिन्छु भनेपछि उनले अलि ढिला हुने बताए। मेरी श्रीमतीले त्यसो भए शुक्रबार बेलुकासम्म तयार गरिदिने बताएपछि मैले लगातार तीनटा सिक्री र एउटा औँठी देखाएँ। उनले हातमै राख्दै गए। त्यसपछि अचानक खल्तीबाट पेस्तोल झिक्दै मेरो अनुहारमा तेर्साए र म बाहिर नपुुगिन्जेलसम्म केही पनि नबोल्नुस् नत्र सिधैँ सुट गर्दिन्छु भन्दै तर्साए। म पुरै आत्तिएँ। मेरो सातो गयो। ’

कम्मरमा छालाको ब्याग, शरीरमा कालो ज्याकेट लगाएर आएका ती व्यक्ति त्यसपछि सरासर १५० सिसीको निलो पल्सर बाइकमा चढेँ र टाप कसे। ‘मैले बाइकको नम्बर हेरौं भनेर पछ्याउँदै गए तर बाइकमा त नम्बरै देखिएन,’ पीडित राजेशकी श्रीमतीले बताइन् ।

स्थानीयका अनुसार विर्तामोडको मुख्य चोकमा बिहिबार दिउँसो कुनै प्रहरी सुरुक्षाका लागि खटिएका थिएनन्। घटनास्थलमा खबर गरेको १५ मिनेपछि प्रहरी पुुगेको थियो। ‘नयाँ डिएसपी आएदेखि चोकमा प्रहरी नै खटाउँदैनन्, त्यसरी कहाँ हुन्छ?,’ विर्तामोडका एक प्रहरीले नाम नखोल्ने सर्तमा भन्दै थिए।

यता इलाका प्रहरी कार्यलय विर्तामोडका डिएसपी राजकुुमार सिलवाललाई यसबारे बुुझ्दा उनी आफ्नो रणनीतित परिवर्तन गरेकाले यसो भएको बताउँछन् । ‘हामी हाम्रो रणनीति अनुसार चलिरहेका हुुन्छौं, दिनहुँ रणनीति फेरिरहन्छ,’ उनले भने, ‘जहाँसम्म लुुटपाटको कुरा छ। ट्राफिक प्रहरीमा राखिएको सिसिटिभीको मद्दतले हामीले घटनाको अनुसन्धान गरिरहेका छौं। चाँडै घटनामा संलग्नलाई समात्नेछौं। ’

लुटिएको सुनपसलमा सिसिटिभी छैन् । लुटेराले बहान घटनास्थलको अवस्था हेरेरै दिउँसो योजनाबद्ध रुपमा लुुट्न आएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

प्रकाशित: २६ आश्विन २०७४ १४:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App