८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

गोरखपुरको मेडिकल कलेजमा ३ महिनामा १ हजार बालकको मृत्यु

नयाँ दिल्ली – भारतको गोरखपुर बीआरडी मेडिकल कलेजमा पछिल्लो ३ महिनामा १ हजार बालबालिकाको मृत्यु भएको एक तथ्यांकमा उल्लेख गरिएको छ।

बालकहरूलाई ज्यादै गम्भीर अवस्थामा मात्रै अस्पताल ल्याइ पुर्‍याइएको दाबी अस्पताल प्रशासनले गरेको छ । अस्पतालले उपचारका लागि कुनै पनि कन्जुयाई नगरेको अस्पताल प्रशासनको दाबी छ।

मुख्यमन्त्री योगी आदित्यनाथको गृहनगरमा भएको घटनाबारे छानविन हुनुपर्ने धारणा मन्त्री आदित्यनाथको रहेको थियो। अस्पतालमा अक्सिजनको मात्रामा भएको कमीका कारण बालकहरूको मृत्यु भएकोको भन्दै कतिपय भारतीय सञ्चार माध्यमहरूले समाचार प्रशारित गरेका थिए।

उक्त तथ्यलाई अस्पताल प्रशासनले भने स्वीकार गर्नका लागि इन्कार गरेको छ । यसबारे धारणा राख्दै पूर्व मुख्य चिकित्सक अध्यक्ष ए के श्रीवास्तले उत्तर प्रदेशको केन्द्र मानिने गोरखपुर अस्पतालमा भएको यस्तो घटनाबारे छानविन गरिनुपर्ने धारणा राख्दै आएका छन्।

 

 

 

 

प्रकाशित: २७ आश्विन २०७४ ११:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App