कम आँकिएका काजुओ इसिगुरो

शनिबार, २८ असोज २०७४, १० : १३ नागरिक


बिडी म्याक्ले

अमेरिकी गायक तथा कवि बब डिलन जत्तिकै गुमनाम नभए पनि काजुओ इसिगुरो नोबेल पुरस्कार जित्नेको सूची निकाल्नेको राडारमा परेका थिएनन् । उदाहरणका लागि ‘दी रम्पस’ र ‘दी न्यु रिपब्लिक’ जस्ता अनलाइन साहित्यिक म्यागेजिनले उनलाई नोबेल जित्न सक्नेको सूचीमा राखेका थिएनन् । तथापि इसिगुरो पाठकबाट ठूलो सद्भाव पाउन सफल कलात्मक लेखक थिए ।

उनका पछिल्ला दुई पुस्तक ‘नक्टर्नस्’ र ‘दी बरिड जायन्ट’ले मिश्रित समीक्षा पाएका थिए । इसिगुरो लोकप्रियताको शिखरमा भने पहिलेकै दुई पुस्तक ‘दी रिमेन्स अफ दी डे’ र ‘नेभर लेट मी गो’बाट चढेका हुन् । ‘दी रिमेन्स अफ दी डे’मा सूत्रधार रहेको घरायसी कामदारले आफ्नी पूर्वसहकर्मी एवं प्रेमिका नाजीको सहानुभूतिकर्ता बनेको कथा भन्छ भने ‘नेभर लेट मी गो’मा बोर्डिङ स्कुलका बालबालिकाको कथा छ । उपन्यासमा उनीहरूलाई क्लोनबाट विकसित गरिएको र शरीरका अंग उत्पादनका लागि हुर्काइएको छ । संयोगवश दुवै उपन्यासका चलचित्र बनेका छन् ।

उनका पछिल्ला दुई पुस्तक ‘नक्टर्नस्’ र ‘दी बरिड जायन्ट’ले मिश्रित समीक्षा पाएका थिए । इसिगुरो लोकप्रियताको शिखरमा भने पहिलेकै दुई पुस्तक ‘दी रिमेन्स अफ दी डे’ र ‘नेभर लेट मी गो’बाट चढेका हुन् ।

नोबेल पुरस्कार विजेता इसिगुरो सम्मानका लागि लायक थिएनन् भन्नु हास्यास्पद हुन्छ । तर, उनी आफ्ना कामलाई जानिबुझीकनै ‘लो प्रोफाइल’मा राख्थे भन्न सकिन्छ । उनी शैलीगत आडम्बर कमै देखाउँथे भने लेखन प्रायःजसो शान्त र सामान्य हुन्थे । यस आधारमा इसिगुरोलाई ‘अन्डररेटेड’ होइन, ‘अन्डरस्टिमेटेड’ भन्न सकिन्छ । उनी आफ्ना महŒवाकांक्षी लेखनमार्फत समेत धेरैलाई आफूतर्फ खिच्न सक्दैनन् ।
यति हुँदाहुँदै यत्रो प्रतिष्ठा पाउन उनको कुन लेखन कलाले प्रभाव पा¥यो त ? त्यसलाई प्रस्ट्याउँदै नोबेल पुरस्कार छनोट समितिले आधिकारिक व्याख्या गरेको छ, ‘उत्कृष्ट संवेदनात्मक शक्तियुक्त उपन्यासमार्फत उनले विश्वसँग हाम्रो भ्रमयुक्त भावनात्मक सम्बन्धको गहिराइसम्म पुगी त्यसलाई उत्खनन गरेका छन् ।’ नोबेल पुरस्कार समितिको यो व्याख्या अलिकति रहस्यमयी देखिन्छ ।  
उनको उपन्यास ‘दी बरिड जायन्ट’ भने मिश्रित समालोचना सुहाउँदो छ । यसमा चयन गरिएको अहंकारले नै त्यसको उत्तर दिन्छ । यो पुस्तक बिर्सन थालिएको मिथकीय बेलायतबारे छ । पुस्तक पढेपछि बिर्संदै गएको मिथकबारे बादल खुल्दै जान्छन् ।
के मान्छेहरू भयानक कुरा सम्झिरहन्छन् ? पुस्तकका धेरै पात्रले यस्तै भयानक कार्य गर्छन् । विगतका भयानक कुराको पत्र खोल्ने यो पुस्तकले हामीलाई विगत भुल्न दिँदैन । विगतका भयानक कुरा सम्झाउँछ । यस्तो सम्झनाले अर्को भयानक रक्तपात निम्त्याउन सक्छ । पक्कै पनि तपार्इं यस्ता कथालाई केही फरक ढंगले प्रस्तुत गरियोस् भन्ने चाहनुहुन्छ । उदाहरणका लागि अगाडि बढ्न बिर्सने क्षमता बढाउनुपर्छ । यस्तो क्षमताले विगतलाई नकोट्याउनुका साथै कतै उत्खनन नहुने गरी गाडिन मद्दत गर्छ ।
विगतको सम्झनालाई भुलाउनु भनेको कठिन हुँदाहुँदै पनि सबैका लागि न्याय नै हो । त्यसका लागि बिर्सनभन्दा माफ गर्नु उपयुक्त हुन्छ । इसिगुरोले भने लेखनमा चयन नगर्नुपर्ने विषय चयन गरेका छन् । उनको कथाका अपराधीलाई न माफ गरेर न रक्तपात निम्त्याएर नै सही ठह¥याउन सकिन्छ वा न त बिर्सन नै सकिन्छ ।
इसिगुरोका केही पात्रलाई मात्र तपाईं खराब मान्छेको दर्जामा राख्न सक्नुहुन्छ । तिनीहरू घृणायोग्य, लोभी र क्रूर छन् । ‘ह्वेन वी वेयर अर्फन्स’को नायक क्रिस्टोफरले उसको जीवन आमालाई गरिएको बलात्कारबापत आएको रकमबाट चलेको पत्ता लगाउँछ । उसकी आमालाई वाङ कु नामक योद्धा कमान्डरले बलात्कार गरेको हुन्छ । वाङ कु खलनायक हुँदाहुँदै पनि पुस्तक क्रिस्टोफरमा केन्द्रित छ । अन्त्यमा उसले आफ्नी आमालाई माफी दिन आग्रह गर्छ ।
माफी केका लागि भन्ने एउटा महŒवपूर्ण प्रश्न हो । क्रिस्टोफरले केही पनि गलत गरेको हुँदैन । उसलाई एउटा बालात्कारीबाट पालिएको छु भन्ने पत्तो समेत हुँदैन । पूरै पुस्तक उसको विगतका रहस्य खोतल्न केन्द्रित छ । त्यसैबेला उसले अपराधबोध गर्छ ।  
‘दी रिमेन्स अफ दी डे’मा स्टिभन्स नामक नोकरले विगतमा फासिस्टका लागि काम गरेको हुँदा उसको अवस्था पनि त्रिस्टोफरकै जस्तो हुन पुग्छ । यसैगरी ‘एन आर्टिस्ट अफ दी फ्लोटिङ वल्र्ड’मा दोस्रो विश्वयुद्धका लागि जापानको प्रोपोगान्डा गर्ने मासुजी ओनोको अवस्था पनि त्यस्तै हुन पुग्छ ।
इसिगुरोका उपन्यास सामान्य मान्छेका कथा हुन् । उनका पात्र धेरैका लागि महŒवपूर्ण छैनन्, उनीहरूलाई उच्च मानिँदैन, तिनलाई सजिलै बिर्सने गरिन्छ र सत्यदेखि टाढा राखिएको हुन्छ । इसिगुरोका अधिकांश पाठकले उनको लेखनमा कस्तो प्रतिविम्ब पाउलान् ? अवश्य पनि तिनले आफू समेत उनका पात्रकै अवस्थाबाट गुज्रिरहेको अनुभूत गर्छन् । तपाईंले धेरै ठूलो कुरा खोज्नैपर्दैन । आइफोनमा उनकै कथा पढ्दै हुनुहुन्छ भने, आइफोन कसरी उत्पादन हुन्छ भन्ने मात्र सोच्नुस् त, ठ्याक्कै उनको कथाका पात्रको स्थितिमा आफूलाई पाउनुहुनेछ ।
यस आधारमा तपाईंले किन इसिगुरोलाई पढ्नुपर्छ भन्ने प्रश्नको जवाफ हुन सक्छ– उनी अपराधका उपन्यासकार हुन् (नोभलिस्ट अफ गिल्ट) । तपाईं जीवित हुनका लागि पनि उनको उपन्यासका पात्रको जस्तो अपराधलाई बेवास्ता गर्न सक्नुहुन्न ।
हामीले दैनिक जीवनमा गर्ने अपराधबाट कसै गरे पनि मुक्त हुन सकिँदैन । हिजो तपाईंले गरेका गल्ती भविष्यमा पनि गरिरहनुहुनेछ । यसको विश्वव्यापीकरणका कारण तपाईं पर भाग्न सक्नुहुन्न । सबैजना असफल हुन्छन्, छोटो बाटो अपनाउँछन् र गलत गर्छन् । तर, यति मात्र सही होइन, जीवनमा हरेक खाले यस्तै गल्तीले तपाईंलाई स्वतन्त्र हुन दिँदैन । सत्य के पनि हो भने, यस्तो गल्ती गर्ने अपराधी तपाईं मात्र एक्लो भने हुँदै होइन ।
निश्चय नै इसिगुरोका पुस्तक अपराध मुक्तिको गाइड होइनन् । उनको कर्मकाण्डी माफी मिनाहा र आफैँलाई अपराधी साबित गर्ने कोसिस संदेहास्पद छन् । तपाईं अपराधी भएर केही फरक पर्दैन । तपाईं यसलाई पहिचान गर्नुस् वा बेवास्ता आखिर सत्य त त्यही हो र यो सधैँ रहनेछ ।

–दी विकमा प्रकाशित ‘दी अन्डरस्टिमेटेड काजुओ इसिगुरो’बाट विष्णु पोखरेलले गरेको भावानुवाद ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

मिस वर्ल्डको उपाधी मिस इन्डिया मानुषीलाई

मिस वर्ल्डको उपाधी मिस इन्डिया मानुषीलाई

यस वर्षको मिस वर्ल्डको उपाधी मानुषी चिल्लरको जितेकी छिन् । शनिबार चीनको सान्यामा आयोजित ६७ औं मिस वर्ल्डको फाइनलमा गत...

धनगढी तताए हेमन्तले

धनगढी तताए हेमन्तले

डोट्याली कवि हेमन्त विवशका सृजनाबाट शनिबार धनगढीका साहित्यपारखी मन्त्रमुग्ध बनेका छन्। रुबस होटलमा दिउँसो भएको एकल रचना वाचन कार्यक्रममा उनले...

‘बडी सेमिङ’ विरुद्ध विद्या

‘बडी सेमिङ’ विरुद्ध विद्या

हरेक प्रश्नको निरासपूर्ण उत्तर दिने बलिउड अभिनेत्री विद्या वालनको सम्बन्ध पत्रकारहरूसँग सौहाद्र रहँदैन । आगामी फिल्म ‘तुम्हारी सुलु’को प्रमोसनका बेला...

‘भैरे’ बन्दै दयाहाङ

‘भैरे’ बन्दै दयाहाङ

अभिनेता दयाहाङ राई पछिल्ला केही फिल्ममा टिपिकल चरित्रमा देखिन थालेका छन् । रिलिज भइसकेको फिल्म ‘वीरविक्रम’मा ‘वीर’ बनेका उनी पोस्ट...