किसानले व्यवस्थापन गरेका सिँचाइ प्रणाली

आइतबार, १६ साउन २०७३, १२ : ३९ नागरिक


डा. अञ्जल प्रकाश/डा. डेभिड मोल्डेन

नेपालमा किसान आफैँले व्यवस्थापन गरेका सिँचाइ प्रणालीको इतिहास लामो छ। यस प्रणालीमा किसानले नै सञ्चालनदेखि मर्मत सम्भारसम्मका सबै जिम्मेवारी लिएका हुन्छन्। विगतमा सरकारको बलियो उपस्थिति नहुँदा आफ्ना जमिन सिँचाइ गर्नका लागि किसानको सामूहिक प्रयासबाट यस्ता सिँचाइ प्रणाली क्रमैसँग विकास भएको हो। मुलुकको कुल सिँचित भूमि १२ लाख हेक्टरभन्दा बढी छ र त्यसमध्ये करिब दुई तिहाई क्षेत्रमा यो प्रणालीले सेवा पुर्‍याएको छ।

मिश्रित र स्थानीय आवश्यकताअनुसार सस्तो प्रविधिको प्रयोग, स्थानीय परिवेश सुहाउँदो स्वायत्त निर्णय गर्ने तरिका तथा उक्त प्रणाली सञ्चालन तथा मर्मत सम्भारका लागि किसानका सामूहिक कार्य नेपालका विद्यमान यो सिँचाइ प्रणालीका विशेषता हुन्। यस प्रणालीमार्फत सिँचाइमा किसानको नियन्त्रण हुनुका साथै यसले उत्पादन बढाउन र सयांै वर्षसम्म किसानलाई दिगो आम्दानी हासिल गर्न मद्दत गर्‍यो।

जल तथा जलवायु, सामाजिक, संस्थागत तथा नीतिमा आएका परिवर्तनका बाबजुद पनि यस्ता थुप्रै सिँचाइ प्रणाली दशकौंदेखि चल्दै आए। तर हाल आएर तिनको क्षमतामा ह्रास आएको छ। सिँचाइका लागि चाहिने पानीलाई परिवर्तनशील वर्षाको परिमाण र तालिकाले प्रभाव पारेको छ। बाढी र यसले गराउने भू–क्षय र त्यसले इन्टेक र नहरमा पुर्‍याउने क्षति, अनि लम्बिँदो खडेरी र पानीका लागि हुने प्रतिस्पर्धाले सुक्खा मौसममा सिँचाइका लागि इन्टेकमा उपलब्ध थोरै पानी हुनु त्यसका प्रभाव हुन्। यी चुनौतीमा सामाजिक, आर्थिक अनि संस्थागत परिवर्तन थपिएका छन्। घरका पुरुष जागिरको खोजीमा विदेशिँदा कृषि व्यवस्थापनको मुख्य जिम्मेवारी महिलालाई छाडेर गएका छन्। शिक्षित युवाहरु पानीको व्यवस्थापनमा कमैमात्र रुचि राख्छन्। यहाँ चर्चा गरिएको सिँचाइ प्रणालीमा पुरुषले सञ्चालन तथा मर्मत सम्भारमा मुख्य भूमिका खेल्दै आएका छन्। सहरका छेउछाउमा यस्ता सिँचाइ प्रणालीसँगको प्रतिस्पर्धा बढेको छ भने काठमाडौ वरिपरिका धेरै यस्ता प्रविधि लोप भइसकेका छन्। सहरीकरण, बसाइ–सराइँ, अनि बढ्दो जनसंख्यासँगै प्रविधिमा भएको प्रगति र आर्थिक वृद्धिजस्ता सामाजिक र आर्थिक परिवेशमा भएको परिवर्तनका कारण पिउने पानीको मागमा वृद्धि तथा पानीको व्यापारिक प्रयोजनले ल्याएको प्रतिस्पर्धाले गर्दा यी प्रणालीमा चुनौती थपिएको छ।

हाल आएर त्यसका सम्बन्धका केबल कहानीगत प्रमाणमात्र बाँकी छन्। साथै यसको सोझो सम्बन्धहरु म्ाात्र नभएर विश्वव्यापीकरण, बजारको पहुँच, किसानको आकांक्षा जस्त्ाा विविध तत्वबाट प्रभावित भएको छ। तसर्थ यी मुद्दाको बृहत् बुझाइले मात्र कृषिको व्यवस्थापनलाई टेवा पुर्‍याउन सक्छ। तथापि धेरै क्षेत्रमा यस्ता प्रणाली अझै पनि सञ्चालनमा छन् र स्रोतको व्यवस्थापनबारे थप सिक्ने अवसर अझै बाँकी छ, खासगरी हिमालका समुदायहरुले कसरी भविष्यमा आइपर्ने परिवर्तनसँग जुध्न सक्षम बन्न सक्छन् भन्ने सवालमा।

यी प्रणाली लोप हुँदैछन्?

यी सिँचाइ प्रणाली लोप हुँदै गएका होइनन् बरु द्रुत गतिमा परिवर्तन हँुदै आएको प्राविधिक, सांस्कृतिक तथा आर्थिक परिवेशहरुमा विकसित हुँदै गएका छन्। उदाहरणका लागि खासगरी तराई र मध्यपहाडमा जमिनमुनिको पानी तान्ने र पोखरीबाट गरिने सिँचाइलाई सिँचाइ प्रविधि विस्तारका रूपमा लिन सकिन्छ।

हामीले २० वर्षअघि देखेको कुरा आज उस्तै छैन तर किसानले त्यसलाई नियन्त्रणमै राखेका छन्। आफ्नो आवश्यकता तथा सुविधाअनुसार किसानले यी नयाँ प्रविधि पनि प्रयोग गरेका छन्। सन् २०१५ को गोर्खा जिल्ला केन्द्रविन्दु भएको भूकम्प जस्ता ठूला प्राकृतिक प्रकोपका ब्ााबजुद थुप्रै एफएमआइएसहरु रामै्रसँग चलेका छन्। उनीहरुले सरकारबाट न्यूनमात्र प्राविधिक र आर्थिक सहयोग पाए पनि सिन्धुपाल्चोक र धादिङ जिल्लाका एफएमआइएसहरु भूकम्पपछि लगत्तै पुनर्स्थापना भइसकेका छन्। तर सहरी क्षेत्र वरिपरि तथा पानीको अभाव भएका क्षेत्र जहाँ सिँचाइलाई बेवास्ता गरिएको तथा कमैमात्र प्राथमिकतामा राखिएको ठाउँमा एफएमआइएसको अवस्था गम्भीर छ। जस्तै– सिँचाइ पूर्व्ााधार तथा पिउने पानीको अभावमा काठमाडौ उपत्यकाका तरकारीबारीहरुमा प्रयोग भइसकेको पानी अर्थात् वेस्टवाटरले सिँचाइ गरिन्छ। त्यस्तो पानी प्रयोग गरी उत्पादन गरेको तरकारी खाँदा हुने स्वास्थ्य जोखिम पनि अर्को ध्यान दिनुपर्ने पाटो हो भने यो पनि पानी सम्बन्धित असुरक्षासँग जोडिएको विषयभित्र पर्छ। 

गुह्य कुरो

यो सिँचाइ प्रणाली दिगो भई चलिरहनुमा स्थानीय संस्थागत संरचना नै मुख्य आधार हो तर त्यस्तो संरचना ठाउँपिच्छे फरक–फरक पाइन्छ। नेपालमा उल्लेखनीय कुरा यो पनि छ कि स्थानीय अवस्था सुहाउँदो बनाइएका यस्ता नियम धेरै छन्। प्रायःजसो प्रविधि अति सामान्य छन् तर खास उद्देश्यले तिनको विकास गरेको पाइन्छ। स्रोतको वितरण र व्यवस्थापनमा संलग्न मानिस कुशल हुन्छन्। थुप्रै विकास आयोजनाले यस प्रणालीको सुधार गर्न खोजेका छन् र त्यसो गर्दा उनीहरुले त्यहाँ स्थानीय संस्था स्थापना गरेका छन्। पूर्वाधार निर्माणमा जोड दिएका तर संस्थालाई बेवास्ता गरेका परियोजनाहरु निराश र असफलमात्र बन्न पुगे।

भविष्यतिर दृष्टि दिँदा

परिवर्तित वातावरणसँग जुध्नु समुदायका लागि चुनौतीपूर्ण बन्दै गएको छ। प्राकृतिक प्रकोप तथा जलवायु परिवर्तनका कारण हुने जोखिमले गर्दा यसलाई मद्दत गर्नु आवश्यक छ। श्रमका लागि पुरुष विदेशिएका कारणले सीमित सिप भएका महिलाले पानी र खेतीपातीको व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने क्रम बढेको छ। कार्यक्रम र नीतिको लक्ष्य स्थानीय मानिसको क्षमतामा सवलीकरण गर्नेखालको हुनुपर्छ भने सरकारसँग भरपर्नेखालको बनाइनु हुँदैन। सन् १९८० र १९९० को दशकमा यस सिँचाइ प्रणालीबारे गरिएका अध्ययनबाट धेरै कुरा सिक्न सकिन्छ। यी प्रणालीबारे ती अध्ययन तथा अनुसन्धानकर्ता प्रचण्ड प्रधान तथा फार्मर म्यानेज्ड इरिगेसन सिस्टम (एफएमआइएस) ट्रस्टबाट पनि महत्वपूर्ण ज्ञान लिन सकिन्छ। 

डा. अञ्जल– कार्यक्रम संयोजक, एचआइएडब्लुएआरइ, नदी बेसी व्यवस्थापन

डा. डेभिड– महानिर्देशक, इसिमोड







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुटिङका लागि नेपाल आउँदै अर्जुन-परिणिती

सुटिङका लागि नेपाल आउँदै अर्जुन-परिणिती

अभिनेता अर्जुन कपुर र अभिनेत्री परिणिती चोपडाको अभिनय रहने नयाँ फिल्म ‘सन्दीप और पिंकी फरार’ को सुटिङ नेपालमा पनि गरिने...

सकियो श्वेताको ‘कान्छी’

सकियो श्वेताको ‘कान्छी’

नायिका तथा निर्मात्री श्वेता खड्काले निर्माण गरेको फिल्म ‘कान्छी’ को छायांकन सकिएको छ । आकाश अधिकारी निर्देशित फिल्मले ५० दिनको...

‘कसले बजाउने बिनायो र मुर्चुङ्गा ?’

‘कसले बजाउने बिनायो र मुर्चुङ्गा ?’

दुई दशक अघिसम्म खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका टोल–टोलमा बिनायो र मुर्चुङ्गा बज्थे । मेलापात घाँस–दाउरा, हाटबजार, अर्मपर्मका बेला घन्किने...

तस्विरमा कलाकारको भाइटीका

तस्विरमा कलाकारको भाइटीका

तिहारको अन्तिम दिन शनिबार दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदी बहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ–आफ्नो परम्पराअनुसार पञ्चरंगी वा...