१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

बाबरप्रेरित पाकिस्तानको अग्रता

दुबई- बाबर आजमको शतकप्रेरित पाकिस्तानले शुक्रबार पहिलो एक दिवसीय खेलमा श्रीलंकालाई ८३ रनले पराजित गर्दैै पाँच एक दिवसीय शृंखलामा १ –० को अग्रता लिएको छ ।
२ सय ९३ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै २ सय ९ रन मात्र जोड्न सक्यो ।
श्रीलंकाका लहरु थिरिमानेले ५३ र अकिला धनञ्जयले अविजित ५० रन जोड्नुु वाहेक अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । ७३ बल खेलेका थिरिमानेले ३ चौका र प्रहार गर्दा ७२ बल खेलेका धनञ्जयले ५ चौका प्रहार गरे । धनञ्जयले आठौं विकेटका लागि जेफ्रे भान्डरसेसँग ६८ रनको साझेदारी गर्दैै टोलीको इनिङ उकास्ने प्रयास गरे पनि त्यो पर्याप्त भएन ।
पाकिस्तानका रुमान रहिस र हसन अलीले समान ३२ रन खर्चदै ३–३ विकेट लिए । त्यस्तै साडब खान र मोहम्मद हफिजले समान १–१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदै २ सय ९२ रनको योगफल तयार पारेको थियो । बाबरले चौथो विकेटका लागि सोएब मलिकसँग १ सय ३९ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरतिर डो¥याएका थिए । बाबरले १ सय ३ र मलिकले ८१ रनको योगदान गरेका थिए । १ सय ३१ बल खेलेका बाबरले ५ चौका प्रहार गर्दा ६१ बल सामना गरेका मलिकले ६ चौका र २ छक्का प्रहार गरे ।
त्यस्तै ओपनर फकर जमानले ४३ रन जोडे । ४५ बल खेलेका जमानले ४ चौका र १ छक्का प्रहार गरे ।
श्रीलंकाका सुरंगा लकमलले २ तथा परेरा, भान्डरसे, धनञ्जय र लेहरु गामागेले समान १–१ विकेट लिएका थिए ।
यसअघि गत साता सम्पन्न दुई टेस्टको शृंखला श्रीलंकाले क्लिन स्विप गरेको थियो ।
दोस्रो खेल सोमबार अबुधाबीमा हुनेछ ।

प्रकाशित: २९ आश्विन २०७४ ०३:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App