coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

कमल र मायंकालाई उपाधि

काठमाडौं- कमल भण्डारी र मायंका राणाले दोस्रो ललितपुर जिल्ला राष्ट्रिय खुला लन टेनिस प्रतियोगितामा उपाधि जितेका छन् ।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा शनिबार कमलले पुरुष एकलको फाइनलमा सन्तोष खत्रीलाई ७–६, ७–२, ६–२ हराए । महिला एकलको फाइनलमा मायंकाले प्रेरणा कोइरालालाई ६–१,६–२ को सेटमा निराश पारिन ।
यसैगरी पुरुष युगल फाइनलमा कमल भण्डारी र महेश श्रेष्ठको जोडीले सन्तोष खत्री र आत्माराम कार्कीको जोडीलाई ६–२, ६–३ को नतिजामा हराए ।
पुरुष तथा महिला एकलतर्फ प्रथम हुने खेलाडीद्वय कमल भण्डारी र मायंकाले जनही २५ हजार पुरस्कार प्राप्त गरे । दोस्रो स्थान हासिल गर्नेले १५ हजार, सेमीफाइनलमा पराजय भोगेका बाँकी दुई खेलाडीले समान सात हजार पाए ।
पुरुष युगलतर्फ प्रथम भएका कमल र महेश, महिला युगलका विजेता माहिका र मायंकाको जोडीले समान १० हजार प्राप्त गरे ।
प्रतियोगिताका विजेता खेलाडीलाई अखिल नेपाल लन टेनिस संघका पूर्व अध्यक्ष मनोजशमशेर जबरा लगायतले पुरस्कृत गरे ।
यसैगरी प्रतियोगिताको समापनको अवसरमा संघले एसियाली खेलकुद पत्रकारको संगठन (एआइपिएस एसिया) को कोषाध्यक्षमा निर्वाचित खेल पत्रकार निरञ्जन राजवंशी र एनआइसी एसिया आइटिएफ सिनियर्स प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका लन टेनिस

खेलाडीलाई सम्मान
ग¥यो । दुई साता पोखरामा चलेको उक्त प्रतियोगितामा सर्किट–१ को ५५ वर्षभन्दा माथिको पुरुष एकलका विजेता तथा सर्किट–२ का उपविजेता मनोज शम्शेर जबरालाई सम्मान गरियो । यसैगरी सर्किट–१ को ५५ वर्षकोे युगल विजेता करिमुल्लाह मुस्लिम र झ्याम्पा ठन्दुकको जोडी तथा सर्किट–१ को ३५ वर्षको विजेता कमल भण्डारीलाई सम्मान गरिएको थियो ।

प्रकाशित: २९ आश्विन २०७४ ०४:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App