coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

इमेजमा ‘साइँली’को ह्याट्रिक

काठमाडौं- एकताका युट्युबमा भाइरल बनेको गीत ‘साइँली’ले राजधानीमा शुक्रबार सम्पन्न १९ औं संस्करणको ‘इमेज अवार्ड’मा ह्याट्रिक गरेको छ । सो गीतका लागि हेमन्त रानाले ‘सर्वोत्कृष्ट गीत’ र ‘पब्लिक च्वाइस अवार्ड’ उचाल्दा गीतको भिडियो निर्माता जिएच इन्टरटेनमेन्टले ‘सर्वोत्कृष्ट म्युजिक भिडियो अवार्ड’ पायो ।
इमेज च्यानलले दुई दशकदेखि आयोजना गर्दै आएको अवार्डमा सुगम संगीततर्फ सुरजकुमार थापाको एल्बम ‘क्यानभास’ले सर्वोत्कृष्ट एल्बम, शीतल कादम्बिनीको गीत ‘चिसो सहर’ले सर्वोत्कृष्ट गीत, हरि लम्सालको ‘आज फेरि’ले सर्वोत्कृष्ट संगीत, कर्मा ग्याल्जेन बम्जनको ‘सताउँ या मताउँ’ले पुरुष सर्वोत्कृष्ट गायन, अञ्जु पन्तको ‘म रुँदा हाँस्ने’ले महिला सर्वोत्कृष्ट गायनको अवार्ड पायो ।
त्यस्तै, सुरेश लामाको ‘म हाँसेको हुन्छु’ले सर्वोत्कृष्ट नव कलाकार, मारकुस दास र मेलिना राईको गीत ‘जिन्दगी ओराली उकाली’ले सर्वोत्कृष्ट युगल गायन, कर्णदासको ‘हाम्रो नेपाल’ले सर्वोत्कृष्ट राष्ट्रिय भावानाको गीत, गोपाल रसाइलीको ‘तस्बिर तिम्रो’ले सर्वोत्कृष्ट संगीत संयोजनको अवार्ड पोल्टामा पारे ।
पाश्र्व संगीततर्फ फिल्म ‘पुरानो डुंगा’को गीत ‘नीर जहिले रिसाउने’ले सर्वोत्कृष्ट चलचित्र गीत र ‘कुटुमा कुटु’का लागि श्यामश्वेत रसाइलीले सर्वोत्कृष्ट गीत मुद्रणको अवार्ड जिते । पप विधातर्फ गायक धर्मेन्द्र सेवानले ‘अइयो रइयो’का लागि सर्वोत्कृष्ट पप गीत पुरुष र सोना अमात्यले ‘तिम्रो र मेरो सम्बन्ध’का लागि सर्वोत्कृष्ट पप गीत महिलाको अवार्ड पाए ।
लोक गायनतर्फ पशुपति शर्माले ‘आमा’का लागि सर्वोत्कृष्ट लोक गायन, कृष्ण रेउले र जुनु रिजालले ‘आज गाउँमा’का लागि सर्वोत्कृष्ट गायन दोहोरी गीत, खड्ग जर्बुजाले ‘शिरफूल माया’का लागि सर्वोत्कृष्ट लोकगीत संकलन र राजन गुरुङले ‘उही खोलीको पानी’का लागि सर्वोत्कृष्ट दोहोरीगीतको अवार्ड जिते ।
म्युजिक भिडियोतर्फ निकेश खड्काले ‘तिलहरी’का लागि सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक, धीरजजंग शाहले ‘मनको दाग’का लागि सर्वोत्कृष्ट म्युजिक भिडियो क्यामरामेन, जीवन थापाले ‘म हारें’का लागि सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादकको अवार्ड सुरक्षित गरे ।
कार्यक्रममा संगीतकार दीपक जंगमलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो । उनलाई इमेज च्यानलका आर के मानन्धर, अभिनेता राजेश हमाललगायतले सम्मान प्रदान गरेका थिए । जंगमले अवार्डसँगै एकलाख रुपैयाँ नगदसहित ताम्रपत्र पाए । सम्मान पाएपछि जंगमले अवार्डले आफूलाई जीवनपर्यन्त साधनामा लागिरहन प्रेरणा दिएको बताए ।

प्रकाशित: २९ आश्विन २०७४ ०४:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App