coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बैंकबाट झिकेको पैसाको बन्डलमा नक्कली नोट भेटियो

भक्तपुर-भक्तपुरमा एक हजार रुपैयाँको एउटा नक्कली नोट फेला परेको छ। नेपाल बैंक लिमिटेड कमलविनायक भक्तपुरबाट दिएको रकमको बण्डलको बीचमा एउटा नक्कली नोट भेटिएको हो।

गत शुक्रबार भक्तपुर नगरपालिका ४ का बिर्जन ठिकेले नेपाल बैंक लिमिटेड कमलबिनायक शाखाबाट निकालेको ९ लाख ५० हजार रुपैयाँ त्यसमध्ये एक बिटो नोटको बीचमा एउटा नक्कली नोट भेटिएको हो । नेपाल बैंक लिमिटेड कमलविनायक भक्तपुरका प्रमुख सन्तोष न्यौपानेले उक्त नोट बैंकले लिएर नयाँ नोट ग्राहकलाई दिएको जनाए।

यसअघि ठिकेले बैंकबाट रकम झिकेर गुडविल फाइनासन्समा पैसा राख्ने क्रममा कर्मचारीले नक्कली नोट भनेका थिए । त्यसपछि तुरुन्त बैंकमा आए पनि शुक्रबार बैंक बन्द भइसकेकोले ठिकेले आइतबार मात्रै नोट बैंकमा दिन पाएका थिए ।  ठिकेले नेपाल बैंकबाट पैसा लगेको भए पनि बैंकले रुजु गरेको ट्याग नभएर कल्याण सेभिङ नामको सहकारीको ट्याग रहेको जनाइएको छ । नोटको बण्डलमा नक्कली नोट कहाँबाट पर्यो भन्नेबारे अनुसन्धान भइरहेको बैंकले जनाएको छ।

 

प्रकाशित: २९ आश्विन २०७४ १२:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App