७ वैशाख २०८१ शुक्रबार
समाज

ज्याला नदिएकाे भन्दै दम्पतीको हत्या

दैलेख – ज्याला नपाएको भन्दै दैलेखमा एक युवकले दम्पतीकाे  हत्या गरेका छन् ।  भगवतीमाई गाउँपालिका –७ बडाभैरव लामातडाका २१ वर्षीय खेमराज भन्ने मोहन खड्काले छिमेकी ४० वर्षीय जयबहादुर सिंह र उनकी श्रीमती ३९ वर्षिय कमलाको आईतबार राति हत्या गरेका हुन् ।

गएको हिउँदमा लगाएको कामको ज्याला दिन्छु भन्दै पटक-पटक झुक्याएपछि अाक्राेषित खेमराजले दम्पत्तीको हत्या गरेको बताएका छन् । प्रहरीलार्इ उनले दम्पती मिलेर आफुमाथि आक्रमण गर्न थालेको र  हँसिया खोसेर प्रतिकार गर्दा ज्यान गएको बयान दिएका छन् । झगडा छुट्टयाउन गएका जयबहादुरका १५ वर्षिया छोरा दीपक सिंह गम्भिर घाइते भएको छन् ।  उनको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित: ३० आश्विन २०७४ ०८:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App