६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

३१ वर्षिय कुर्ज अस्ट्रियाका राष्ट्रप्रमुख बन्दै

अस्ट्रिया – अस्ट्रियामा भएको आम निर्वाचनमा पिपुल्स पार्टी विजयीको नजिक पुगेको छ। यो भन्दा महत्वपूर्ण उक्त पार्टीको नेतृत्व ३१ वर्षका युवा सेवस्टियन कुर्जले गरेका छन्।  

 पार्टीको विजयसँगै उनी सम्भवत विश्वकै कान्छा राष्ट्रप्रमुख हुने छन्।  

उनको पार्टीले बहुमत नल्याए पनि गठबन्धन सरकार बन्ने देखिन्छ। उनको पार्टीले ३१ प्रतिशत मत ल्याउने अनुमान गरिएको छ।   

 ९० प्रतिशत मत गणना भइसक्दा उनको पार्टीले ३१ प्रतिशत मत ल्याउने निश्चित गरिसकेको छ । अस्तित्व गुमाउने क्रममा रहेको  द पिपल्स  पार्टीको नेतृत्व गरेपछि  कुर्जसँगै पार्टी चर्चामा आएको थियो।

उनी पूर्व विदेश मन्त्री समेत रहेका हुन्। चुनाव प्रचार प्रसार अभियानका क्रममा उनले ल्याएको आप्रवासन नीतिप्रति अस्ट्रियालीहरू आकर्षित भएका हुन्। आप्रवासनको सम्बन्धमा उनले कडा नीति ल्याइने प्रतिबद्धता गरेका छन्।

आप्रवासन नीति सम्बन्धी कडा नीति ल्याएको तेस्रो ठूलो दल हुन लागेको फ्रिडम पार्टीसँग उनको पार्टीले गठबन्धन सरकार बनाउने या नबनाउने बारे कुनै पनि धारणा व्यक्त गरेको छैन।

फ्रिडम पार्टीले उनको आप्रवासन नीतिको चोरी गरेको आारोप लागेको छ।

'यो देशमा परिवर्तनको समय हो। आज हामीलाई महान जनादेश प्राप्त भएको छ। देशमा परिवर्तन ल्याउनको लागि सहयोग गर्ने सवैमा धन्यवाद व्यक्त गर्न चाहन्छु', उनले समर्थकहरुलाई सम्वोधन गर्दै भनेका छन्।

प्रकाशित: ३० आश्विन २०७४ ०८:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App