coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पर्यटकको संख्यामा वृद्धि

कञ्चनपुर- पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भित्रिने विदेशी पर्यटकको संख्यामा वृद्धि भएको छ । वनवसा पुल खुल्ने समयावधि बढेपछि तेस्रो मुलुकका पर्यटकको आगमनमा वृद्धि भएको हो । अध्यागमन कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार चालू आवको सेप्टेम्बर महिनासम्म सीमा नाका भएर एक हजार नाैं सय ६८ विदेशी पर्यटक भित्रिएका छन् । सोही नाका भएर एक हजार ३३८ पर्यटक बाहिरिएका छन् ।

गत वर्षको यसै अवधिमा एक हजार ३ सय पर्यटक भित्रिएका थिए । सन् २०१६ को डिसेम्बरसम्म दुई हजार ५ सय ८२ पर्यटक भित्रिएका थिए भने एक हजार ५ सय ५९ पर्यटक बाहिरिएका थिए । अमेरिका, अष्ट्रेलिया, जापान, स्पेन, इजरायल, चीनलगायत देशका पर्यटक भारतका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकनपछि यहाँ आइपुग्ने गरेको अध्यागमन कार्यालयका सूचना अधिकारी माधवप्रसाद जोशीले बताए ।

'पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ', उनले भने,' नेपालका विभिन्न हिमालको सौन्दर्यता नियाल्न, पदयात्रामा निस्कन, परम्परागत कला र संस्कृतिको अवलोकन पर्यटक यहाँ आउने गरेका छन् ।' सुदूरपश्चिम क्षेत्रमा पर्यटकीय सम्भावना भएका धेरै पर्यटकीयस्थल रहेका छन् ।

 

प्रकाशित: ३० आश्विन २०७४ ०९:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App