८ वैशाख २०८१ शनिबार
समाज

खलंगा–रिम्ना सडक संञ्चालन

जाजरकोट - जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत ठाँटीबजार न्यूरोडको सडक संञ्चालनमा अाएकाे छ । करिब एक महिना लामो मर्मत कार्य सम्पन्न भएपछि साेमबारबाट सडक संञ्चालन भएको भेरी नगरपालिकाका उपप्रमुख भावना भण्डारीले जानकारी दिइन् ।

सडक संञ्चालनमा आएसँगै खलंगा रिम्ना र खलंगाबाट देशका विभिन्न ठाउँमा जाने र आउने कार्यमा सहजता आएको छ । एक महिनाअघि वर्षात्का कारण न्यूरोडमा सडक भत्किएको थियो । सडक डिभिजन कार्यालय चौरजहारी र नगरपालिकाबीच आ–आफ्नो अडानका कारण निर्माणमा ढिला भएको थियो । अहिले अस्थायीरुपमा सडक एकतर्फी खोलिएको छ । यो सडक भत्किएसँगै आधा दर्जन घर पनि जोखिममा परेका थिए ।

 

प्रकाशित: ३० आश्विन २०७४ ०९:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App