७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

सोमालियाको बम विष्फोटमा मृत्यु हुनेको संख्या २७६ पुग्यो

मोगादिसु – सोमालियाको राजधानी नजिकैको एक होटलमा शनिबार भएको  बम विष्फोटमा परी  मृत्यु हुनेहरूको संख्या २७६ पुगेको छ। घटनामा ३०० भन्दा बढी घाइते भएका छन्।

राजधानी मोगादिसुमा रहेको  होटल सफारीमा बम विस्फोटन भएको थियो। घाइतेहरूको अवस्था गम्भीर भएकाले मृत्तक संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

घाइतेहरूको उपचार राजधानीकै एक अस्पतालमा भइरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन्। सोमालियामा पछिल्लो समय भएका विभिन्न आक्रमणमध्येको यसलाई ठूलो आक्रमणका रूपमा लिइएको छ।

विष्फोटको आवाज धेरै टाढासम्म पुगेको स्थानीयबासीहरूको दाबी छ।  भयङकर आवाजका कारण त्यहाँ नजिकैका भौतिक संरचनाहरू थर्किएर चिरा चिरा भएका छन्।

राष्ट्रपति मोहमद अब्दुल्लाही मोहमदले उक्त आक्रमणमा परी मृत्यु हुनेहरू प्रति समवेदना व्यक्त गर्नुका साथै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका छन्।

 मोहमद्ले मृत्यु भएका व्यक्तिहरूको सम्झनामा  तीन दिन राष्ट्रिय शोकको समेत घोषणा गरेका छन्। उक्त घटनाबारे अनुसन्धान सुरू भइसकेको भएतापनि अपराधीबारे पत्ता लागेको छैन ।

घटना ज्यादै दुखद् र आतंकवादको एक पराकाष्ठ भएको भन्दै अन्तराष्ट्रिय स्तरबाट समाजिक सञ्जाल ट्वीटरमा विभिन्न ट्वीट आएका छन्।

फ्रान्सका राष्ट्रपति एम्मानुयल मार्को पनि उक्त घटनाले ज्यादै दुखित तुल्याएको बताउँदै विष्फोटमा परी ज्यान गुमाउनेहरू प्रति समवेदना व्यक्त गरेका छन्।

प्रकाशित: ३० आश्विन २०७४ १०:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App