coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

वस्तीको नेपाली लेखाउने काइदा

काठमाडौं– भाषामा भए गरेका गाईजात्राले आहत भएका भाषाविद् शरच्चन्द्र वस्तीले भाषाशुद्धी र एकरूपताका लागि ‘नेपाली कसरी लेख्ने ?’ पुस्तक प्रकाशित गरेका छन् । नेपाली भाषा लेख्य रूपमा देखा पर्न थालेकै हजार वर्ष नाघिसकेको छ। भाषा जति विकासित हुँदै आएको छ, त्यति नै विगँ्रदै पनि जान थालेको छ । नेपाली भाषा शिक्षणमा हुने गैरजिम्मेवारपनाले पनि भाषा कमजोर हुँदै गएको छ । हुन त भाषा सम्बन्धी पुस्तक प्रकाशन हुन थोलेको नै एक जुग वितिसकेको छ । नेपाली भाषाको पहिलो व्याकरण पुस्तक करिब सय वर्षअघि प्रकाशित गुरुराज हेमराज पण्डितको चार भागको ‘चन्द्रिका’ हो, जुन विस १९६९ मा छापिएको थियो ।

पुस्तकको किन आवश्यकता प¥यो त ? वस्तीको टिप्पणी छ, ‘भाषा भनेपछि व्याकरणका सूत्र र नियम सिकाउने चलन छ, हामीकहाँ । यसमा त्यसो गरिएको छैन । न पारिभाषिक शब्दहरूले तर्साइएको छ, न त कर्ता एकवचन हुँदा क्रिया पनि एकवचन हुन्छ जस्ता पाठ नै पढाइएको छ । यो पुस्तक त्यो बोझ र त्यो टाउको दुखाइबाट मुक्त छ । यसमा त हामीले पढ्ने–लेख्ने गरेको नेपाली कस्तो छ र त्यसलाई कसरी राम्रो, मिठो, छरितो, तेजिलो बनाउन सकिन्छ भन्ने कुरा उदाहरणमार्फत देखाइएको छ ।’

सामान्यतः ख्याल नगरिने तर ख्याल गरेपछि देख्न र देखेपछि निराकरण गर्न सकिने कमजोरीहरूबारे छलफल गरिएको छ । यो आफूले आफैंलाई हेर्न, आफ्ना गुणदोष थाहा पाउन र आफ्नो लेखाइ आफैं सुधार्न सघाउने पुस्तक हो । भाषाप्रति संवेदनशीलता जगाउनु र बाटो देखाउनु यसको अभिष्ट भएको वस्तीको भनाइ छ । ‘गल्ती र विकृतिबाट मुक्त रहँदै आत्मविश्वाससाथ नेपाली लेख्न सघाउ पु¥याउनु यसको उद्देश्य हो । नेपाली लेखकलाई बिथोलिन र कमजोर हुन नदिन यसले बल पु¥याउन छ,’ वस्तीको आशा छ । पुस्तकको प्रकाशन शिक्षक मासिक पत्रिकाले गरेको हो ।

प्रकाशित: ३१ आश्विन २०७४ ०५:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App