coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

माओवादी सरकारबाट बाहिरिने

काठमाडौं- नेपाली कांग्रेससँग सत्ता साझेदारीमा रहँदै प्रतपक्षी नेकपा एमालेसँग वाम गठवन्धन गरेको नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिने भएको छ।  

आज बिहानमात्र माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवालाई भेटेका थिए। भेटपछि दाहाले सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेको सहरी विकासमन्त्री प्रभु साहले बताए। 'पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ', साहले भने।

माओवादीले एमालेसँग गठवन्धन बनाएपछि प्रधानमन्त्रीले राप्रपालाई सरकारमा ल्याएका थिए। यता माओवादीले वाम गठवन्धन भए पनि सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताउँदै आएको थियो।

प्रकाशित: ३१ आश्विन २०७४ ०६:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App