१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

चुनाव सार्ने गोप्य सूचना आयो, अब सरकारबाट बाहिरिदैनौं: गृहमन्त्री

काठमाडौं- नेपाली कांग्रेससँग सत्ता साझेदारीमा रहँदै प्रतपक्षी नेकपा एमालेसँग वाम गठवन्धन गरेको नेकपा माओवादी केन्द्र सरकारबाट तत्काल नबाहिरिने भएको छ।

गृहमन्त्री जनार्दन शर्माले पत्ररकार सम्मेलन गर्दै प्रधानमन्त्रीले निर्वाचन सार्न लागेको गोप्य सूचना पाएको कारण त्यसलाई रोक्न सरकारबाट नबाहिरिने निर्णय गरेको बताए।

सरकारबाट बाहिरिन लेखेको चिठ्ठि देखाउँदै शर्माले उक्त सूचनापछि निर्णयबाट पछि हटेको दावी गरे।

आज बिहानमात्र माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवालाई भेटेका थिए। भेटपछि दाहाले सरकारबाट मन्त्री फिर्ता बोलाउने मनस्थितिमा पुगेका थिए। भेटमा प्रधानमन्त्रीले माओवादीमन्त्रीहरुलाई विनाविभागीय बनाउने चतावनी दिएको स्रोतले बतायो।

यस अघि माओवादी केन्द्रको नेतृत्व गर्दै सरकारमा रहेका उपप्रधानमन्त्री कृष्णबहादुर महराले सरकारबाट बाहिरिने नबाहिरिनेबारे अस्पष्ट जवाफ दिएका थिए।

माओवादीले एमालेसँग गठवन्धन बनाएपछि प्रधानमन्त्रीले राप्रपालाई सरकारमा ल्याएका थिए। यता माओवादीले वाम गठवन्धन भए पनि सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताउँदै आएको थियो।

 

प्रकाशित: ३१ आश्विन २०७४ ०९:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App