८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

ट्रम्प र किमको व्यवहार बच्चाको खेलजस्तो : रसिया

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोन उनले एक अर्काप्रति गरेको व्यवहार बच्चाको खेलजस्तो भएको रसियाको दाबी छ । 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्ता समयको बर्बाद मात्रै भएको बताउँदै आएका छन् । उत्तर कोरियाले भने अमेरिकाले तेस्रो विश्वयुद्धलाई निम्तो दिइरहेको बताएको छ । 
उत्तर कोरिया र अमेरिकाबीच बढ्दो तनावबारे धारणा राख्दै रसियाले उनीहरूको पछिल्लो गतिविधि बच्चाको खेलजस्तै औचित्यहीन भएको बताएको छ । 
गत सेप्टेम्बरमा अमेरिकामा भएको संयुक्त राष्ट्रसंघको बैठक उत्तर कोरियाका कारण आफूलगायत आफ्ना गठबन्धन मुलुकहरूलाई समस्या आए उत्तर कोरियालाई पूर्णरूपमा ध्वस्त बनाइदिने अभिव्यक्ति ट्रम्पले दिएका थिए । 
उत्तर कोरियाले भने राष्ट्रपति ट्रम्पको उक्त अभिव्यक्तिलाई ‘भुकिरहेको  कुकुर’को संज्ञा दिएको थियो। अमेरिकी गतिविधिका कारण विश्वका अन्य मुलुकले समेत दुःख पाउनसक्ने उत्तर कोरियाले बताउँदै आएको छ । 
गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको बैठकमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाका कारण अमेरिका लगायतका गठबन्धन राष्ट्रलाई समस्या आएमा उत्तर कोरियालाई ध्वत पारिदिने बताएपछि यसबारे रसियाले आपत्ति जनाउँदै आएको छ । 


 

प्रकाशित: ३१ आश्विन २०७४ ०९:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App