७ वैशाख २०८१ शुक्रबार
अर्थ

१७ लाख राजस्व संकलन

भोजपुर – भोजपुर नगरपालिकाले यस आर्थिक वर्षको तीन महिनामा १७ लाखभन्दा बढी राजस्व संकलन गरिएको छ । तीन महिनामा फोहोर संकलन, विभिन्न सिफारिस, वार्षिक आम्दानी मुल्याङ्कन सिफारिस र एकिकृत सम्पति कर सहित  १७ लाख २१ हजार २८६ रुपैंया राजस्व संकलन गरेको नगरपालिकाले जनाएको छ ।
भोजपुर नगरपालिकाले एकिकृत सम्पति करबाट मात्र ४ लाख ३९ हजार ९ सय रुपैंया राजस्व संकलन गरेको छ । एकिकृत सम्पति करबाट भैसीपंखा, टक्सार, भोजपुर र वोखिमका ३३ सय आठ घरघुरीबाट राजस्व संकलन गरेको राजस्व प्रमुख मनिकुमार तामाङ्गले जानकारी दिए ।
नगरपालिका गठन भएएपछि २०७३ सालमा नगरपालिकाको एकिकृत सम्पति कर निर्धारणको लागि भरत तामाङ्गको संयोजकत्वमा बनेको ५ सदस्य टोलीले एकिकृत सम्पती करको निर्धारण गरेको थियो । 

प्रकाशित: ३१ आश्विन २०७४ ११:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App