coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

वाम गठबन्धनलाई सफल बनाउनुपर्छ : अध्यक्ष ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धन र एकतालाई सफल बनाउनुपर्ने बताएका छन् । युवा संघ नेपालले मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरेको कार्यक्रममा उनले मुलुकको समृद्धिका लागि वाम गठबन्धन आवश्यक भएको बताए । 
‘मुलुकको समृद्धिका लागि वाम गठबन्धन र एकता अपरिहार्य आवश्यकता रहेको हुँदा यसलाई सबैले इमान्दार भएर सफल बनाउन सक्नुपर्दछ । वाम गठबन्धन र तालमेलबाट प्रतिक्रियावादी आत्तिएका छन्,’उनले भने,‘ प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनपछि  सरकारको नेतृत्व एमालेले गर्नेछ ।’
कार्यक्रममा बोल्दै एमाले नेता माधवकुमार नेपालले मुलुकको आवश्यकता र पार्टी हितका लागि माओवादीसँग चुनावी तालमेल र एकताको प्रयास गरिएको बताए । ‘काँग्रेसको गतिविधिले संविधान कार्यान्वयनप्रति गम्भीर देखिएको छैन् । निर्वाचनलाई कसरी सफल बनाउनुभन्दा पनि निर्वाचन सार्नको लागि माओवादीका मन्त्री हटाउन दबाब दिइरहेको छ । यो हामीलाई सह्य छैन् ।’

प्रकाशित: ३१ आश्विन २०७४ १२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App