८ वैशाख २०८१ शनिबार
समाज

६ क्विन्टल गाँजा नष्ट

पोखरा – लागुऔषध नियन्त्रण महाअभियान अन्तर्गत पोखरा लेखनाथ महानगरपालिका–३३ का झण्डै ६ क्विन्टल परिमाणको गाँजा मंगलबार नष्ट गरिएको छ । 
लागुऔषध नियन्त्रण महाअभियान पोखरा लेखनाथ ३३ का संयोजक गणेश ढकालका अनुसार वडाका मनियलडाँडा, हुँडिकोट, भर्तिपोखरा, डाँडागाउँ र जिव्रेढुङ्गा लगायतका स्थानमा गाँजा फडानी गरिएको हो । 
गाँजा फडानीमा भरतपोखरी प्रहरी चौकी इञ्चार्ज टीकाराम न्यौपाने नेतृत्वको प्रहरी टोली, डाँडानाक प्रहरी चौकी र सामुदायिक प्रहरी लेखनाथको सहभागिता रहेको थियो । 

प्रकाशित: ३१ आश्विन २०७४ १३:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App