८ वैशाख २०८१ शनिबार
अर्थ

विवादित खानेपानी आयोजनाको लागत बढ्यो

धरान - सरोकारवाला पक्षसँग परामर्श नगरी विजयपुर दरबार क्षेत्रको वन फडानी विवादमा फसेको धरान खानेपानी आयोजनाको कुल लागत वृद्धि भएको छ । विवादको कारण तोकिएको समयावधिमा सम्पन्न हुन नसकेको आयोजनाको लागत १ अर्ब ४८ करोडबाट बढेर १ अर्ब ७० करोड पुगेको आयोजना कार्यान्वयन इकाईले जनाएको छ । 

म्याचिङ फण्डअन्तर्गत आयोजनाको लागि १५ प्रतिशत खर्च जुटाउन उपमहानगरपालिकालाई समस्य छ । अब उपमहानगरपालिकाले आयोजनाको लागि २५ करोड बढी बजेट लगानी गर्नुपर्नेछ । आयोजना प्रमुख एवं इञ्जिनियर राजु पोख्रेलका अनुसार लागत बढ्नुमा आयोजना ढिलाई हुनु मात्र प्रमुख कारण भने होइन । सन् २०१२ मा आयोजनाको सर्वे हुदाको समय भन्दा अहिले धेरै सडक पक्की भइसकेको छ । पक्की भएको सडकको दुवैतिर पाइप राखेर पुनः पिच गर्नुपर्दा लागत बृद्धि भएको हो भने ५ बर्षमा धेरै नयाँ बाटोहरु खोलिएकोले पनि आयोजनाको लागत बढेको हो । ‘रि भेरिएशन हुदा आयोजनाको लागत १ अर्ब ७० करोड पुगेको छ, अहिलेसम्म एडिबिको २२ मिलियन डलर बजेटको सिलिङ भित्रै छौं,’आयोजना प्रमुख पोख्रेलले भने,‘तर, आयोजना जति ढिला हुदै गयो, खर्च अझै बढ्दै जान्छ । उपमहानगरको सहभागिताको लागत पनि बढ्छ र ठेकेदारले पनि पहिलाको बजेटमा काम गर्दिन भन्नसक्छ ।’


एसियाली बिकास बैंक(एडिबि)को ऋण तथा अनुदान सहयोगमा एकीकृत शहरी विकास परियोजनाअन्र्तगत धरान खानेपानी आयोजना सन् २०१५ जलाईदेखि सुरु भएको थियो । खर्च लागतको हिसाबले यो नेपालकै दोस्रो ठुलो खानेपानी आयोजना हो । १५ जुलाई २०१७ सम्म म्याद भएको आयोजनाले विजयपुर सिस्टमको लागि मन्त्रीपरिषदबाट स्वीकृत लिएर विजयपुरगढीमा ७ कट्ठा क्षेत्रफलमा रिजर्ब वेयर बनाउन १ सय १७ वटा रुख काटेको थियो । आयोजनाको म्याद ९ महिना थपिएर ३ महिना समय बितिसक्यो ।

 

 

प्रकाशित: १ कार्तिक २०७४ ०७:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App