७ वैशाख २०८१ शुक्रबार
समाज

हराउँदै देउसी भैला संस्कृति

जाजरकोट –तिहारका अवसरमा खेलिने देउसी भैलोमा मादलको तालमा भट्याउने चलन आजकल हराउदै गएको छ । स्थानीय लोक सँस्कृति र गीत संगीतको जगेर्ना गर्नका लागि खेलिने देउसी भैलीका गीतहरु सबै रेडिमेड प्रयोग हुन थालेपछि मादल र मौलिक भैली गीतहरु लोप हुन थालेका  हुन् । विगतका देउसी भैलोहरुमा गाउँघर गुन्जाउने गरी बज्ने  मादल र  थरी थरी भाकाका देउसी भैलो गीतहरु हराउने  अवस्थामा पुगेको  भेरी नगरपालिकाका  १ कालेगाउका  सहदेव बस्नेतले वताए ।
‘पहिले देउसी भनेपछि सारा गाउँमा एक प्रकारको  रमाइलो रौनक छाउथ्यो तर अहिले त खाली हल्ला मात्र महसुश हुन्छ, बस्नेतले  भने  । पछिल्लो पुस्ताका सबै युवाहरुले  चाडपर्वका बेला समेत  विदेशी गीतहरु, नाच र सँस्कृति भित्रयाउन लागेका कारण  जिल्लाको स्थानीय लोकभाका  भेषभुसा र  सँस्कृति  ओझेलमा परेको  बुढापाकाहरु बताउँछन् ।  
पहिले तिहार दसैं आउदा एक महिनासम्म गाउँमा खाँडो नाच, सिगांरु, टप्पा, ख्याली , पैसेरी,  मयुर नाच, देउडा लगायतका गीत तथा नाचहरु र पञ्चेबाजाका स्वरहरु गुञ्जिने गरेको बारेकोट गाउँपालिका –५ का  ८५ वर्षीय मानबहादुर सिंहले बताए ।

प्रकाशित: १ कार्तिक २०७४ ०८:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App