१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ताेकिएकाे मितिमा चुनाव गराउन राप्रपा सरकारमा : उपप्रधानमन्त्री थापा

काठमाडौँ – उपप्रधान एवम् ऊर्जा मन्त्री कमल थापाले चुनावको सुनिश्चितताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा गएको बताए । ऊर्जा मन्त्रालयमा बुधबार पदभार ग्रहण गर्दै यसअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकारमा पनि चुनावको सुनिश्चितताकै लागि राप्रपा गएको जानकारी गराए ।

'सरकारको साझेदार दल माओवादी केन्द्र प्रतिपक्षी गठबन्धनमा मिसिएपछि चुनाव रोक्ने षड्यन्त्र असफल बनाउन सरकारमा सहभागी भएका हाैं । प्रधानमन्त्री देउवाको जानकारीमा चुनाव नगराउने षड्यन्त्र भइरहेको सूचना आएपछि उहाँकै आग्रहमा चुनावको वातावरण नबिगार्न हामी सरकारमा सहभागी भएको हाैं ।'

चुनावसम्म अहिले कार्ययोजना अघि बढाउने, नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा विद्युत् भार कटौती (लोडसेडिङ) हुन नदिने, हाल संञ्चालित आयोजनालाई निरन्तरता दिनेलगायत योजनाका बरेमा जानकारी दिए । विसं २०६२/६३ को परिवर्तनपछि राप्रपा तेस्रोपटक सरकारमा सहभागी भएको छ ।

प्रकाशित: १ कार्तिक २०७४ ०८:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App