coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

उमङ्ग सयपत्रीकाे (फाेटाे फिचर)

काठमाडौँ – नेपालीहरूको महान पर्व तिहारको रमझमले काठमाडौँ उपत्यका लगायत देशभर नै उमङ्ग छाएको छ । घर वरिपरी ढकमक्क सयपत्री, मखमलीलगायतका फूलहरूको सुन्दर दृष्य देखिन थालिसकेको छ। 

 तिहारको पहिलो दिनदेखि अन्तिम दिनसम्म पूजा गर्न तथा अन्य कार्यका लागि फूल तथा माला अनिवार्य मानिन्छ । यही अवसरमा विभिन्न स्थानहरूमा व्यवसयिक रुपमा फूल खेती गरिन्छ । तर यसवर्षको फूलको माग गतवर्षहरूको तुलनामा दोब्बर भएको छ। काठमाडौँको इचङ्गु, चिसापानीका फूल व्यवसायीहरूलाई अहिले तिहारका लागि फूल टिप्न, माला बनाउन र बेच्न भ्याइ नभ्याइ भएको छ। 

उनीहरूको दैनिकी अहिले फूल टिप्न, माला बनाउन, र बजारसम्म पुर्‍याउनमा नै बित्छ । उनै व्यवसायीहरूको फूल बगैचामा  चारैतिर ढकमक्क फुलेका छन् । उक्त मनोरम दृष्य नागरिक दैनिकले आफ्नो क्यामेरामा कैद गरेका छन्। 

 

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App