८ वैशाख २०८१ शनिबार
कला

आलुको  सभापतित्वमा कार्यक्रम

काठमाडौँ – हाँस्य कलाकारको बाक्लो जमघट थियो । जब अजय अधिकारी सुशील मञ्चमा उक्लिएर कार्यक्रम चलाउन थाले । अनि छुट्यो हाँसोको गुन्जायस् ।

आलुद्वारा निर्मित सालिकलाई सभापति र सभापत्नी बनाइयो। भालुको खेलौनालाई प्रमुख अतिथि । यसपछि त झन हाँसोमय भयो हल नै । 

यो दृश्य मंगलबार दिउँसो देखिएको आलु पाटी कार्यक्रमको हो । फरक खालको थियो कार्यक्रम । उद्घाटनमा समेत विकृति र विसंगती हटाउन भन्दै खोर्सानीको धुप बालिएको थियो।

शंखघोष गरी शंख बजाइ भ्रष्टचारी नेता मन्त्री र भ्रष्ट राजनीतिको विषयमा सामूहिक रुपमा खाउ आलु भन्दै देउसी खेलेर कार्यक्रमको सुरुवात गरियो।

०३४ सालदेखि यसैगरी कार्यक्रम गर्दै आएको छ हाँस्य कलाकारको एक टोलीले । हरेक वर्ष कागतिरहारको दिनमा हुने ‘आलु पाटी’ कार्यक्रम व्यङ्गकार राम कुमार पाँडेको निवासमा आयोजना भएको थियो । कार्यक्रममा वरिष्ठ तथा लोकप्रिय लेखक, कलाकारको बाक्लो उपस्थिति देखिन्थ्यो ।

कार्यक्रममा प्रचण्डको सन्यास नामक प्रहसनले सहभागीलाई मज्जाले हसायो । प्रचण्डको भूमिकामा कलाकार घनश्याम गौतम र ओलीको भुमिकामा थिएसुरेस तिमल्सिना।

जितु नेपाल, दमन रुपाखेती, केदार घिमिरे, कमल मैनाली र निरु खड्काले क्यारिकेचर र कविता वाचनले कार्यक्रमलाई निकै तताएको थियो । हाँस्य व्यङ्ग लेखक बिनोद तिमल्सिनको पुस्तक बिनोदको ब्यङ्गवाणको यादब खरेल, रामकुमार पाँडेले गरे ।

प्रकाशित: १ कार्तिक २०७४ १०:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App