१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

म्यादीको लागि २ हजार ८५ जनाले फाराम भरे

नुवाकोट – मंसिरमा हुन लागेको प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सुरक्षाकर्मीको रुपमा म्यादी प्रहरीको भर्ना गर्न खुलेको आवेदनमा नुवाकोटबाट २ हजार ८५ जनाले फाराम भरेका छन्। 

जिल्लाको लागि १२ सय ७४ जना म्यादकिो माग गरिएको थियो । माग भन्दा ८ सय ११ जना बढीले फारम भरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक मधुकरजंग विष्टका अनुसार फारम भर्नेमा महिलाको सङ्ख्या ७ सय २६ जना रहेको छ भने पुरुषको सङ्ख्या १३ सय ५९ जना रहेको छ । विष्टले भने, “म्यादी प्रहरीमा फारम भर्नेमा पूर्व नेपाली सेना १६ जना, पूर्व प्रहरी ९ जना, पूर्व सशस्त्र प्रहरी ३ जना र पूर्व म्यादी भएर काम गरेका ४ सय ४१ जना रहेका छन् ।” 

बाँकी नयाँ अनुहार १३ सय ३६ जनाले पनि म्यादी प्रहरीमा सेवा प्रवेशको लागी आवेदन दिएका छन् । 

प्रकाशित: १ कार्तिक २०७४ ११:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App