६ वैशाख २०८१ बिहीबार
राजनीति

उम्मेदवारी दर्तापछि माओवादीले सरकार छाड्ने

काठमाडौं- प्रतिपक्षी एमालेसँग चुनावी गठबन्धन गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवारी खोसरे बिनाविभागीय वनाएका माओवादी केन्द्रका मन्त्रीले कात्तिक ५ गतेपछि राजिनामा दिने भएका छन । मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनका लागि कात्तिक ५ गते उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम छ ।

‘पहिलो चरणका लागि प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन सम्पन्न भएपछि मात्रै निर्वाचन सुनिश्चित हुने देखिन्छ, त्यसअघि राजीनामा जाँदैन ।’ प्रभु शाह, माओवादी मन्त्री।

प्रधानमन्त्री देउवाले पूर्वघोषित निर्वाचन मिति सार्न खोजिरहेको आरोप लगाउँदै सरकारबाट बाहिरिन आनाकानी गरेका माओवादी मन्त्रीले प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन सम्पन्न भएपछि मात्रै राजीनामा दिने भएका हुन् ।
‘पहिलो चरणका लागि प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन सम्पन्न भएपछि मात्रै निर्वाचन सुनिश्चित हुने देखिन्छ, त्यसअघि राजीनामा जाँदैन,’ माओवादी मन्त्री प्रभु साहले नागरिकसँग भने, ‘मनोनयन सम्पन्न भएलगत्तै हामो राजीनामा हुनेछ ।’ उनका अनुसार निर्वाचन सुनिश्चित गर्नमात्रै राजीनामा नदिएको हो ।
सरकारमा कांग्रेससँग गठबन्धन गरेको माओवादीले आगामी निर्वाचनमा प्रतिपक्षी एमालेसँग गठबन्धन गरेपछि उसको भूमिकालाई लिएर प्रधानमन्त्री देउवा असन्तुष्ट छन् । प्रधानमन्त्री देउवाले राजीनामा दिएर सहयोग गर्न आफूले गरेको आग्रहलाई माओवादी केन्द्रले अस्वीकार गरेपछि मंगलबार उसका मन्त्रीले सम्हाल्दै आएका मन्त्रालय खोसेर बिनाविभागीय वनाइदिएका हुन् ।
मंगलबार माओवादी मन्त्रीले सरकार छाड्ने भने पनि अन्तिम समयमा आएर प्रधानमन्त्री देउवाले निर्वाचन सार्न खोजेको सूचना पाएको भन्दै राजीनामा दिएनन् । प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीलाई बिनाविभागीय बनाइदिएपछि प्रधानमन्त्री कार्यालय सचिवालयमा उनीहरूका लागि नयाँ कुर्सी तयार पारिएको छ ।
प्रधानमन्त्री देउवाले जिम्मेवारीबाट मुक्त गर्ने पूर्वजानकारी पाएका माओवादी मन्त्रीले मंगलबार नै सम्बन्धित मन्त्रालयका कर्मचारीसँग बिदाइ कार्यक्रम राखिसकेका छन् । देउवा सरकारमा माओवादीका ९ मन्त्री र ८ राज्य मन्त्री गरी १७ जना छन् । इतिहासमा यति धेरै संख्यामा बिनाविभागीय मन्त्री बनाइएको सम्भवतः यो पहिलो हो ।  
माओवादी मन्त्रीले हेर्दै आएका केही मन्त्रालय प्रधानमन्त्री आफैंले राखेका छन् भने केही मन्त्रालय राप्रपा नेपालबाट सरकारमा सहभागी नेतालाई दिएका छन् ।

प्रकाशित: २ कार्तिक २०७४ ०३:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App