८ वैशाख २०८१ शनिबार
समाज

परिवार चलाउन खेती, देश बनाउँन राजनीति

काठमाडौं- राजनीतिलाई धेरैले  ‘खेतीपाती’ बनाएका छन् ।टोखाका कृष्णप्रसाद अधिकारी भने राजनीतिलाई उद्यमशिलतासंग जोडेर अगाडि बढ्दै छन् ।  जिल्लाका अगुवा कृषक समेत रहेका अधिकारीले खेतीपाती र राजनितीलाई संगै अगाडी बढाएका छन् ।

‘राजनिति गर्नेले खाली बस्नु पर्छ भन्ने छैन,’ उनले भने, ‘जिविकापोर्जनका लागि आफ्नो कर्म गरेर  मुलुकको विकाशमा  अगाडी बढ्न सकिन्छ ।’

परिवार चलाउन तरकारी खेती  गर्दे गरेका उनी मुलुक बनाउन राजनिती गर्ने गरेको सुनाउँछन् । ‘राजनिति गर्नेले खाली बस्नु पर्छ भन्ने छैन,’ उनले  भने, ‘जिविकापोर्जनका लागि आफ्नो काम गरेर पनि देश विकाशमा अगाडी बढ्न सकिन्छ ।’
उनले टोखा नगरपालिका–१ झोरमहाकालमा करिब १८ रोपनी क्षेत्रफलमा  तरकारी खेतीगरेका छन् । टनेलमा गोलभाडी खेतीमा व्यस्त रहेका उनी  अघिल्लो बर्ष काठमाडौं जिल्लाबाट उत्कृष्ट कृषकलाई दिइने राष्ट्रपति पुरष्कारबाट समेत सम्मानित  भएका थिए ।   
अखिल नेपाल किसान महासंघ,काठमाडौका जिल्ला अध्यक्ष समेत रहेका अधिकारी  २०५४ सालको निर्वाचनमा २३ बर्षकै उमेरमा  झोरमहाकाल गाविसका अध्यक्ष समेत बनेका थिए ।  मिजासिलो, सरल स्वभावका अधिकारीले आफ्नो खेतीपातीसंगै मुलुकको राजनिती र समाजका हरेक सरोकारको बिषयमा जानकारी राख्ने गर्छन् । र यसको समाधानमा अगाडी बढ्ने गरेका छन् ।  
त्यसैले उनी चुनावमा राजनितिक चेतना बाड्छन् । अन्य सयममा खेतीपाती  गाउ क्षेत्रमा विकासको योजना अगाडी बढाउँछन् ।  आफ्नो क्षेत्रको विकास कार्यलाई गति दिने सम्बन्धमा उनका  योजना निकै लोकप्रिय छन् ।
 उनी टोखा र तारकेश्वर नगरपालिकामा पर्ने ६ नम्बर क्षेत्रको विकासको लागि  जोड दिनु पर्ने बताउदै चण्डेश्वरी देखि बौंडेश्वर हुँदै तारकेश्वर सम्मको धार्मिक तथा पर्यटकीय पदमार्ग निर्माण समयमै पुरा भए यस क्षेत्रले  विकाशमा फड्को मार्ने बताउँछन् ।  करिब १५ किलोमिटर रहेको उक्त मार्गको लागि हिलो चरणको आधारभूत कामको शुरुवात भएको  उनले सुनाए ।
 
उक्त सडकखण्डमा साइकल यात्रा, फलफूल बगैंचा, वनभोजस्थल लगायतका सेवा समेत विस्तार गरिने लक्ष्य राखिएको छ । जसले गर्दा आन्तरिक पर्यटन प्रवद्र्धनको निम्ति उक्त पदमार्ग निकै प्रभावकारी हुने उनको विश्वास छ ।
कृषीलाई माया गर्ने उनी पछिल्लो समय खेतीयोग्य जमिनमा धमाधम घर बन्दै गएकोमा चिन्तित छन् । कृषियोग्य जमीनको संरक्षण र व्यवस्थित वस्ती विकासको लागी अगाडी बढ्नु पर्ने उनी सुनाउँछन् ।
यस क्ष्ेत्रमा अझै पनि खेतीयोग्य जमिन बाकी रहेकाले चाडै यसको व्यवस्थापन गर्नु पर्ने उनी सुनाउँछन । क्षेत्रको व्यवस्थित विकासको निम्ति खेतीयोग्य र आवासीय जमीनलाई छुट्याएर सोहिबमोजिम जमीनको वर्गिकरण गरी विकास कार्यलाई अघी बढाउनु जरुरी  रहेको सुनाउँछन् ।
उनी स्थानीय स्तरमा विकासको ढोका खोल्न र व्यापक रोजगारी तथा उद्यमशिलता विकास गर्नको निम्ति यो क्षेत्रलाई राम्रो सम्भावना बोकेको क्षेत्रको रुपमा समेत लिन्छन् । यसो गर्न सके  बढ्दौ वैदेशिक रोजगारीलार्य नियन्त्रण गर्न सकिने  उनको बुझाई छ ।

प्रकाशित: २ कार्तिक २०७४ ०३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App