७ वैशाख २०८१ शुक्रबार
खेल

लेस्टरका प्रशिक्षक बर्खास्त

लन्डन- इङ्लिस प्रिमियर लिग क्लब लेस्टर सिटीले मंगलबार प्रशिक्षक क्रायग सेक्सपियरलाई बर्खास्त गरेको छ । क्लबको लगातारको खराब प्रदर्शनलाई कारण देखाउँदै लेस्टरले सेक्सपियरलाई बर्खास्त गरेको हो ।
जारी सिजन खेलिएका ८ खेलमा लेस्टर ६ अंकका साथ १८औं स्थानमा छ । यस क्रममा क्लबले एक जित र तीन बराबरी खेलेको छ । जुन रेसलगेसन क्षेत्र हो । सेक्सपियरलाई क्लब सम्हालेको ४ महिनापछि हटाइएको हो ।
लिग जितेको एक सिजन नबित्दै गत सिजन टोली रेलिगेसनको खतरामा परेको भन्दै क्लबले गत फेबु्रअरीमा तत्कालीन प्रशिक्षक क्लाउडियो रिनेरीको स्थानमा सेक्सपियरलाई  अन्तरिम प्रशिक्षकको रूपमा नियुक्त गरिएको थियो । गत सिजन क्लबलाई प्रिमियर लिगको हैसियत जोगाउन महŒवपूर्ण भूमिका खेलेको भन्दै क्लबले यसै सिजनको सुरुआतबाट उनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।
सेक्सपियरको स्थानमा सहायक प्रशिक्षक मिचेल एपेलटनलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिइएको छ ।
‘क्रायगको प्रशिक्षणमा टोलीले एकरूपको प्रदर्शनलाई निरन्तरता दिन सकेन र यसको उदाहरणस्वरूप हामीले यस सिजन गरेको प्रदर्शन र नतिजालाई लिन सकिन्छ,’ क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘क्लबलाई दिएको योगदानका लागि उनलाई धन्यवाद दिन चाहन्छौं । मुख्य प्रशिक्षक नियुक्त नहुन्जेलसम्मका लागि सहायक प्रशिक्षक मिचेल एपेलटनलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिइएको छ ।’

प्रकाशित: २ कार्तिक २०७४ ०३:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App