८ वैशाख २०८१ शनिबार
खेल

तेक्वान्दो टोली मकाउ जाने

काठमाडौं- मकाउ ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप २०१७ तथा सातौं तिरक तेक्वान्दो इन्टरनेसनल च्याम्पियनसिप २०१७ मा सहभागी हुन नेपाली तेक्वान्दो टोली त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।
कार्तिक ११ देखि १३ गतेसम्म मकाउमा आयोजना हुने आमन्त्रण प्रतियोगितामा सहभागी हुन राष्ट्रिय तेक्वान्दोका ९ खेलाडीसहित १६ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यद्वय देवकुमार अधिकारी र गंगाबहादुर थापाले बुधबार एक कार्यक्रमबीच शुभकामनासहित बिदाइ गरे ।
राष्ट्रिय तेक्वान्दो संघका महासचिव राजकुमार कार्कीको नेतृत्वमा च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जाने खेलाडीमा राकेशकुमार राई, सुनीता तामाङ, विकास गौतम, रोशन नेपाली, विनीता घिमिरे, शुक्रबहादुर विक, करन कोइराला, मदन विक र सञ्जय पुन छन् । यस्तै प्रशिक्षकमा वरिष्ठ प्रशिक्षक ध्रुवबहादुर गुरुङ, प्रशिक्षक पदमबहादुर केसी, अफिसियलमा नारायणराज अर्याल र रिखिराम पोखरेल छन् ।
यसअघि टोली थाइल्यान्डमा अक्टोबर २० र २१ मा आयोजना हुने सातौं तिरक तेक्वान्दो इन्टरनेसनल च्याम्पियनसिपमा सहभागी हुने कार्यक्रम रहेको छ । उक्त च्याम्पियनसिपमा माथि उल्लेखित खेलाडीलगायत खेलाडीद्वय बुद्धिबहादुर थापामगर र विवेक विश्वकर्माले समेत प्रतिस्पर्धा गर्नेछन् । खेलाडीद्वय थाइल्यान्डको च्याम्पियनसिपपश्चात् स्वदेश फर्कनेछन् भने अन्य खेलाडी तथा अफिसियलहरू मकाउ प्रस्थान गर्ने कार्यक्रम रहेको टिम लिडर तथा महासचिव कार्कीले बताए ।
खेलाडी तथा अफिसियललाई राष्ट्रिय तेक्वान्दो संघका संरक्षक एनआरएन कोरियाका अध्यक्ष राजु क्षत्री, अध्यक्ष शिव कोइराला, प्रमुख प्रशिक्षक एकनाथ थापा, पूर्वखेलाडी गोरखबहादुर थापालगायतले शुभकामनासहित बिदाइ गरे । टोली शुक्रबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम  छ ।

प्रकाशित: २ कार्तिक २०७४ ०४:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App