४ वैशाख २०८१ मंगलबार
समाज

दुर्घटनामा एकको मृत्यु, चारजना गम्भीर

दमक –  मोटरसाइकल र म्याजिक भ्यान एकापसमा जुध्दा झापाको कमल गाउँपालिकामा बुधबार एकजनाको मृत्यु भएको छ भने अन्य चारजना गम्भीर घाइते भएका छन्। 

कमल गाउँपालिकाको पाडाजुंगी–गौरीगञ्ज सडकखण्डस्थित गेउरियामा बुधबार दुवै सवारी एकापसमा जुध्दा मोटरसाइकलमा सवार झापा, गौरादह–१ का ३४ वर्षीय योगेन्द्र अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते अधिकारीको उपचार गर्न दमक ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो। 

इलाका प्रहरी कार्यालय, दमकका प्रहरी निरीक्षक मिलन बस्नेतका अनुसार को २७ प २९८९ नम्बरको मोटरसाइकल र मे १ च ४९६३ म्याजिक भ्यान एकापसमा ठक्कर खाएका थिए। दुर्घटनामा परेर भ्यानमा सवार चारजनामध्ये दुई जनाको दमकस्थित लाइफलाइन र अन्य दुईजनाको भने बिएण्डसी अस्पताल, बिर्तामोडमा थप उपचारका लागि रिफर गरिएको प्रहरीले जनाएको छ। 

घाइतेमध्ये गौरादह–५ का बमबहादुर कटुवाल र उनकी श्रीमती देवीमाया कटुवालको बिएण्डसीमा रिफर गरिएको छ भने घाइतेद्वय दमक–७ का जगत विक र भरत ल्वागुनको भने स्थानीय लाइफलाइन अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: २ कार्तिक २०७४ ०६:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App