६ वैशाख २०८१ बिहीबार
समाज

तार र फ्युँजसहित डेटोनेटर बरामद

खोटाङ – तिहारको मुखमा प्रहरीले खोटाङमा डेटोनेटर, फ्यूँज र तार लगायतका विष्फोटक पदार्थ निर्माण सामग्री बरामद गरेको छ । सामुदायिक सेवा केन्द्र दिक्तेलबाट खटिएको प्रहरीको गस्तीले रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका पदमबहादुर पाण्डेको घरबाट चार थान डेटोनेटर र एक थान फ्युजसहित तार बरामद गरेको हो ।
पाण्डेको घरबाट बरामद भएको डेटोनेटर, फ्यूँज लगायतका विष्फोटकजन्य पदार्थ उनका ज्वाईँ रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका गणेश खनालले राखेको खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए । गत भदौ २५ गते ससुरा पाण्डेमाथि खुकुरी प्रहार गरेका खनालले ससुरालाई फसाउनका लागि विष्फोटक पदार्थ निर्माण सामग्री ससुराली घरमा राखिदिएको अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित: २ कार्तिक २०७४ ०६:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App