७ वैशाख २०८१ शुक्रबार
राजनीति

म्यादी प्रहरीका लागि माग भन्दा दोव्बर आवेदन

खोटाङ – खोटाङमा म्यादी प्रहरीका लागि माग भन्दा दोव्बर बढी आवेदन परेको छ । आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालयमार्फत ९८२ म्यादी प्रहरीका लागि आवेदन आव्हान गरिएकोमा २ हजार २१ जनाको आवेदन परेको डिएसपी लोकदर्शन थापाले बताए ।

मंसिर १० गते र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालयले असोज २५ गतदेखि ३० गतेसम्म म्यादी प्रहरीका लागि आवेदन आव्हान गरेको थियो । प्राप्त आवेदनका आधारमा कार्तिक ५ गतेदेखि म्यादी प्रहरी छनौटका काम सुरु गरिने डिएसपी थापाले बताए। 

१८ वर्ष पूरा भई ५० वर्ष ननाघेको, सामान्य लेखपढ भएको, कुनै राजनीतिक दलसँग आवद्ध नभएको, शारीरिक तथा मानसिकरुपमा स्वस्थ र फौजदारी अभियोगमा कसुरदार नठहरिएका नागरिकमध्येबाट म्यादीका लागि आवेदन आव्हान गरिएको थियो । विद्यार्थीदेखि भूतपूर्व सेना तथा प्रहरीसम्मले म्यादीका लागि आवेदन दिएका छन् । 

परीक्षामा उत्तिर्ण म्यादी प्रहरीले १५ दिने सुरक्षा व्यवहार सम्बन्धी तालिम लिएपछि नेपाल प्रहरीको जवान सरह तलव, पोशाक र राशन उपलब्ध पाउने गरी कार्यक्षेत्रमा खटिनुपर्ने कार्यालयले जनाएको छ। 

प्रकाशित: २ कार्तिक २०७४ १०:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App