८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

सुरक्षा कारबाहीमा एक सय २ जनाको मृत्यु

काबुल – सरकारी सुरक्षा फौजले गरेको सुरक्षा कारबाहीमा परी अफगानिस्तानमा एक सय २ जनाको मृत्यु भएको छ । त्यस्तै ४४ जना गम्भिर घाइते भएका छन् । 
केही दिन यता बृहत् सुरक्षा कारबाही चलाएकोमा गत चौबिस घण्टाको अवधीमा उनीहरुको मृत्यु भएको रक्षा मन्त्रालयले बिहीबार जनाएको छ । ‘अफगानिस्तानको राष्ट्रिय सुरक्षा फौजले १६ बिद्रोहीबिरुद्ध चलाएको सुरक्षा अभियानमा २० वटा विशेष सुरक्षा कारबाही चलाएको थियो,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले अफगानिस्तानका ३४ मध्ये १५ वटा प्रान्तमा सुरक्षा कारबाही चलाइरहेको जनाएको छ । 

प्रकाशित: २ कार्तिक २०७४ १७:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App