भट्टराईको नेतृत्वमा नेपाली काँग्रेस (बिपी) गठन

शुक्रबार, ०३ कार्तिक २०७४, ०९ : १० नागरिक


काठमाडौं- नेपाली काँग्रेसका नेता हरिबोल भट्टराईको नेतृत्वमा नेपाली काँग्रेस (बिपी) नामक नयाँ पार्टीको घोषणा गरिएको छ । नवगठित पार्टीको उपसभापतिमा झलकनाथ वाग्ले, महामन्त्रीद्वय हरिशंकर मिश्र र सुशीलमान शेरचन, महामन्त्रीमा पुष्प पराजुली र प्रवक्ता देवेन्द्र पौडेललाई जिम्मेवारी दिइएको छ । 

पार्टीका सभापति भट्टराईले नेपाली काँग्रेस बिपीको समाजवादको चिन्तन तथा विचारबाट विचलित भई सत्ता र सम्पत्तिका लागि मात्रै केन्द्रित भएकाले आफूहरुले बिपी विचारलाई स्थापित गर्न नयाँ पार्टी गठन गरेको बताए । 

‘काँग्रेसले बिपीको विचारलाई लात हानेर जुनसुकै शक्तिसँग पनि सम्झौता गर्ने चरित्र देखाएको छ,’ उनले भने। 
पार्टीका सदस्यमा दीनबन्धु अर्याल, ब्रह्मनारायण चौधरी, लोपसांङ लामा, कल्पित पराजुली, लोकराज भट्ट, माधवप्रसाद लामिछाने, रामविलास शाह, यज्ञराज भट्ट, महेश्वरी न्यौपाने, नरेन्द्र विष्ट, चक्रदेव जोशी, ऋषभ सापकोटा, गोपालनारायण भट्टचन, सरोज लामा, रामभक्त भट्टराई, लक्ष्मी सुनार, झपेन्द्र आचार्य, पूर्णबहादुर विक, राजेशकुमार शाही, विकास तामाङ छन्।






यसमा तपाईको मत

अन्य समाचार

सेल्फि र सेल्फि फोनको लहर

सेल्फि र सेल्फि फोनको लहर

सेल्फि फोनको ट्रेन्डलाई नियालेर हेर्दै र सेल्फि क्यामरा राम्रो हुनलाई केको आवश्यकता पर्छ भन्ने विषयमा टिप्पणी । ...

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

सानदार स्क्रिन हुने, बोक्न गाह्रो नहुने र चलाउन सजिलो हुने भएकाले ट्याब्लेट छोटो समयमा नै अत्यधिक लोकप्रिय भएको छ ।...

ल्यापटप छान्न सरल

ल्यापटप छान्न सरल

गाह्रोभन्दा गाह्रो कामहरु पनि सजिलै गर्न मिल्ने तर जता पनि सजिलै बोकेर हिंड्न मिल्ने भएकाले ल्यापटप अहिले पुराना शैलीका डेस्कटप...

टिभीको नयाँ रुपलाई नियाल्दा

टिभीको नयाँ रुपलाई नियाल्दा

टिभी हेर्न सजिलो छ । किन्न भने त्यति सरल नहुन सक्छ । अहिले पुराना शैलीका सिआरटि टिभीहरु उत्पादन हुन छोडिसके...

नयाँ मिस नेपालको खोजी

नयाँ मिस नेपालको खोजी

मिस नेपालको आयोजना गर्दै आएको द हिडेन ट्रेजरले नयाँ संस्करणको मिस नेपालको तयारी थालेको छ । ...

‘पशुपति’ मा नीताको ‘हुर्रे’

‘पशुपति’ मा नीताको ‘हुर्रे’

आगामी फागुन २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘हुर्रे’को दोस्रो गीत ‘पशुपति’ सार्वजनिक भएको छ । राजधानीमा आइतबार आयोजित कार्यक्रममा फिल्म...

ट्रेलर लिएर आइन् ‘कान्छी’

फागुन ४ मा प्रदर्शनमा आउन लागेको फिल्म ‘कान्छी’को ट्रेलर सार्वजनिक भएको छ । झन्डै तीन वर्षअघि फिल्म ‘कोहिनूर’मा अभिनेता श्रीकृष्ण...

‘कान्छी’को ट्रेलर सार्वजनिक

‘कान्छी’को ट्रेलर सार्वजनिक

अभिनेत्री श्वेता खड्काको फिल्म ‘कान्छी’ को ट्रेलर सार्वजनिक गरिएको छ। आफै निर्माता रहेकी श्वेताले बुधबार पत्रकार सम्मेलन गरी ट्रेलर सार्वजनिक...