७ वैशाख २०८१ शुक्रबार
समाज

जाजरकोटमा बस दुर्घटना हुँदा एककाे मृत्यु, २९ घाइते

जाजरकोट – सुर्खेतको  कालीखोलामा  यात्रुवहाक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे छ भने  २९ जना घाइते भएका  छन् ।  

जाजरकोटको  रिम्नाबाट नेपालगन्जतर्फ गइरहेको म १ ख ७२२ नम्वरको  यात्रुवहाक बस  सिम्ता गाउँपालिका ४ वालीखोलामा  दुर्घटना हुदा  भेरी नगरपालिका १० पर्सेनीका शिवलाल डांगीको घटना स्थलमै मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी भावेस रिमालले जानकारी दिए । उनका अनुसार  वस दुर्घटनामा  २९ यात्रु  घाइते भएको  र उनीहरुलाइ  उपचारका लागि नेपालगन्ज तर्फ लगिएको  छ ।  

बस दुर्घटनाको कारण पत्ता  लाग्न बाँकी रहेको उनले बताए ।   बस   विहान साढे १० वजे  सडक भन्दा तल भेरी नदीको छेउमा खसेर पल्टिएको प्रहरीले जनाएको  छ ।  

प्रकाशित: ३ कार्तिक २०७४ ०७:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App