७ वैशाख २०८१ शुक्रबार
कला

मुसहरबासीले धुर्मुस सुन्तलीको पुजा गर्दै लक्ष्मी भित्र्याए

बर्दिबास – धुर्मुस सुन्तलीले निर्माण गरेको एकिकृत नमूना मुसहर बस्तीमा बसिरहेका स्थानीयहरुले उनीहरुको तस्बिरमा पुजा गर्दै लक्ष्मी भित्र्याएका छन् । धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरेको एकिकृत नमूना मुसहर बस्तीमा हाल ५० वटा घर छन् । 
गत बैशाख १ बाट मुसहरलार्इ धुर्मुस सुन्तली फाउन्डेसनले घर हस्तान्त्रण गरेको थियो । मुसहरबासीले धुर्मुस र सुन्तलीको तस्विरमा पुजा गरेर लक्ष्मी पूजा मनाएका थिए । 
‘पुस्तौंको पीडाबाट मुक्ति पाएका छौं । धुर्मुस सुन्तली हाम्रा लागि भगवान बनेर आउनुभयो,’ बस्तीका करिमाझी मुसहरले भने,‘चन्दा मागेर हामीलाई ७ करोडौको घर बनाइदिनुभयो । छोरा छोरीलाई स्कूल पठाइदिनुभयो । हाम्रो दुःख बुझ्नुहुने धुर्मुस सुन्तली हाम्रो देवता हुन्। ’

प्रकाशित: ३ कार्तिक २०७४ १२:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App