१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रिय जनमोर्चाद्वारा उम्मेदवार सिफारिस

कञ्चनपुर –राष्ट्रिय जनमोर्चा कञ्चनपुरले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गरी केन्द्रमा सिफारिस गरेको छ । 
प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन क्षेत्र नम्बर १ बाट लोकेन्द्र लम्साल, २ बाट राम कार्की र ३ बाट लालबहादुर कुँवरलाई सिफारिस गरेको छ । प्रतिनिधिसभाको निर्वाचनको समानुपातिकतर्फ देवकी पन्त, राजाराम चौधरी र गोविन्द विकलाई सिफारिस गरिएको पार्टी जिल्ला सचिव रामबहादुर कार्कीले बताए । 
प्रदेशसभातर्फ क्षेत्र नम्बर १ मा कृष्ण पण्डित र लक्ष्मी राना बडायक, २ मा सुरेन्द्र चौधरी र कमल साहु र ३ मा मञ्जु चौधरी र नीरु कोलीलाई सिफारिस गरिएको उनले जानकारी दिए । प्रदेशसभाको निर्वाचनको समानुपातिकतर्फ रोशना थापा मगर, कमला चौधरी, रामबहादुर चौधरी, धनादेवी नाथ र गौरा लुहारलाई सिफारिस गरिएको छ । 

प्रकाशित: ३ कार्तिक २०७४ १३:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App