७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेसको उम्मेद्वार विवाद चर्किएपछि सामुहिक राजिनामा

काठमाडौं –नेपाली कांग्रेस ओखलढुँगाको प्रदेशसभा अन्तर्गत मित्रसेन दाहाललाई उम्मेद्धवार बनाएपछि कांग्रेस ओखलढुँगामा प्रत्यासी उम्मेवद्धवार लिलाबल्लभ दाहाल र कार्यकर्ताहरुले आपत्ति जनाएका छन्। शुक्रबार पार्टी केन्द्रिय कार्य समितिले मित्रसेनलाई उम्मेद्धवार बनाएपछि उम्मेवद्धवारका प्रत्यासी दाहालले उक्त निर्णय तत्काल नसच्याए पार्टीभित्रै विद्रोह गर्ने चेतावनी दिएका छन् । 
‘कांग्रेसको नेतृत्व पक्षले मलाई टिकट दिने तयारी गरेको थियो । एक्कासी पैसाको चलखेल गरेर अयोग्य व्यक्तिलाई टिकट दिइया,’प्रत्यासी उम्मेद्वार लिलाबल्लभ दाहालले भने । कांग्रेस ओखलढुँगा समिति सदस्यहरु कुमार लुईटेल, कमल तामाङ, रामजी बास्तोला, ज्ञानेन्द्र रुम्दाली, सिताराम श्रेष्ठ, लेखबहादुर राई, र अजय लुईटेल लगायतले चुनावी टिकट वितरणप्रति असहमति रहेको जनाउँदै तत्काल निर्णय नसच्याए विद्रोहमा उत्रिने चेतावनी दिएका हुन् । टिकट वितरणमा धाधली भएपछि ओखलढुंगाका अधिकांश नेताहरुले सामुहिक राजिनामा दिएका छन । 

प्रकाशित: ३ कार्तिक २०७४ १४:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App