coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रहरी र स्थानीयबीच झडप हुँदा रौतहटमा १४ प्रहरी घाइते

रौतहट- गरुडा नगरपालिका १ जयनगरमा मोटरसाइकल चोरलाई नियन्त्रणमा लिएको विषयलाई लिएर शुक्रबार साँझ प्रहरी र स्थानीयबासीबीच झडप भएको छ । झडपमा १४ प्रहरी घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले जयनगरका एकजनालाई अनुसन्धानको क्रममा नियन्त्रणमा लिएपछि टोलीको सहयोगमा पुगेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब निरीक्षक मदन ठाकुरमाथि स्थानीयबासी जाइलागेका थिए । 
प्रहरीको सहयोगमा इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय गौरबाट थप मद्धत पुगेपछि पनि स्थानीयले प्रहरीमाथि ढुंगा र इँटा प्रहार गरेका थिए । घटनामा १४ प्रहरी घाइते भएका छन् भने प्रहरी नायब निरीक्षक ठाकुरको बर्दी च्यातिएको छ । 
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १३ राउन्ड अश्रु सेल प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक अशोक झाले बताए ।

स्थानीयले प्रहरी र गाडीमाथि अन्धाधुन्ध इँटा र ढुंगा प्रहार गर्ने क्रममा प्रहरीको गाडीमा पनि क्षति पुगेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले बताए । घटनामा चारजना स्थानीयबासी पनि घाइते भएको बताइएको छ ।प्रहरीको बर्दी च्यात्ने र प्रहरीमाथि ढुंगामुढा गर्ने चारजना र मोटरसाइकल चोरीको आरोप लागेका एकजना गरी पाँचजनालाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । अहिले जयनगरको स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: ४ कार्तिक २०७४ ०३:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App