coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मोरङमा दुर्घटना हुँदा दुईको मृत्यु

उर्लाबारी- जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा गए राति दुई जनाको मृत्यु भएको छ। ग्रामथान गाउँपालिका–२ स्थित विराटनगर – विराटचोक सडक खण्डमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दक्षिणबाट उत्तर आउँदै गरेको को१ख ४८४२ नंको बसले विपरीत दिशाबाट जाँदै गरेको को७प ९०३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँका २७ वर्षीय अशोक राजवंशीको मृत्यु भएको हो । 

बसको ठक्करबाट गम्भीर घाइते राजवंशीको विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २६ वर्षीय विश्व राजवंशी गम्भीर घाइते भएकाले उनको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यस्तै मोरङकै बेलबारी–३ स्थित पूर्वपश्चिम राजमार्गमा स्कारपिओ गाडीको ठक्करबाट पैदलयात्री एक वृद्धको मृत्यु भएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको को१च ५६५५ नंको गाडीको ठक्करबाट बेलबारी–१ बस्ने ६५ वर्षीय लखन मल्लिकको मृत्यु भएको हो ।

गाडीको ठक्करबाट गम्भीर घाइते मल्लिकको धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए ।

प्रकाशित: ४ कार्तिक २०७४ ०३:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App