८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्री देउवाद्वारा टीका ग्रहण

प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा शनिबार विहान शुभ साइतमा टीका लगाएपछि मिठाइ खुवाउँदै बहिनी दुर्गादेवी चन्द। तस्बिर : रासस

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नी बहिनी दुर्गादेवी चन्दबाट टीका लगाएका छन्। 

उनले भाइटीका पर्वको उपलक्ष्यमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान साइतमै बहिनी चन्दबाट टीका ग्रहण गरेका हुन्। टिका लगाइदिएपछि बहिनी चन्दले प्रधानमन्त्री देउवालाई कटुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरिन्। 

सो अवसरमा प्रधानमन्त्री देउवाले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गरे। 

संविधान कार्यान्वयनसँगै मुलुकमा स्थायी शान्ति र आर्थिक विकासतर्फ केन्द्रित हुन समेत सबै राजनीतिक दलका नेतालाई उनले आह्वान पनि गरे। 

 

 

प्रकाशित: ४ कार्तिक २०७४ ०८:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App