coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मोटरसाइकको ठक्करबाट एकको मृत्यु

जितपुर – मोटरसाइकलले साइकललाई ठक्कर दिँदा कपिलवस्तुमा गए राति एक जनाको मृत्यु भएको छ। 

वाणगंगा नगरपालिका–६ सुठौलीमा बा२ब ३५७० नंको सरकारी मोटरसाइकलले बैदौलीतर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलयात्री स्थानीयवासी ६५ वर्षीय कृष्णप्रसाद आचार्यको मृत्यु भएको हो। 

ठक्करबाट घाइते भएका आचार्यको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान १ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिए। 

शव परीक्षणका लागि लुम्बिनी अञ्चल अस्पताल बुलवल पठाइएको छ भने ठक्कर दिने मोटरसाइल प्रहरीको नियन्त्रणमा छ। 

प्रकाशित: ४ कार्तिक २०७४ ०८:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App