७ वैशाख २०८१ शुक्रबार
समाज

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु

उर्लाबारी – जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा गए राति दुई जनाको मृत्यु भएको छ। 

ग्रामथान गाउँपालिका–२ स्थित विराटनगर – विराटचोक सडक खण्डमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दक्षिणबाट उत्तर आउँदै गरेको को१ख ४८४२ नंको बसले विपरीत दिशाबाट जाँदै गरेको को७प ९०३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँका २७ वर्षीय अशोक राजवंशीको मृत्यु भएको हो। 

बसको ठक्करबाट गम्भीर घाइते राजवंशीको विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २६ वर्षीय विश्व राजवंशी गम्भीर घाइते भएकाले उनको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

यस्तै मोरङकै बेलबारी–३ स्थित पूर्वपश्चिम राजमार्गमा स्कारपिओ गाडीको ठक्करबाट पैदलयात्री एक वृद्धको मृत्यु भएको छ। पूर्वबाट पश्चिम जाँदै गरेको को१च ५६५५ नंको गाडीको ठक्करबाट बेलबारी–१ बस्ने ६५ वर्षीय लखन मल्लिकको मृत्यु भएको हो ।

गाडीको ठक्करबाट गम्भीर घाइते मल्लिकको धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए। 

प्रकाशित: ४ कार्तिक २०७४ ०९:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App