coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रक दुर्घटनामा परी  १० को मृत्यु, १२ घाइते

नयाँदिल्ली – भारतको महाराष्ट्र राज्यमा भएको एउटा ट्रक दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने अरु १२ जना घाइते भएका छन्। 

माल बहाक ट्रक सडकमा गलत ठाउँबाट गुडेकाले शनिबार दुर्घटनामा परेको प्रहरीले जनाएको छ। 

महाराष्ट्रको राजधानी सहर मुम्बई देखि ३६५ किलोमिटर टाढा पर्ने साङली जिल्लाको तासागौन नजिकै दुर्घटना भएको बताइएको छ। 

मृत्यु भएका र घाइते भएका सवै जना दुर्घटना भएका बेला ट्रकमै सवार थिए । मालबहाक ट्रकमा यात्रा गर्ने चलन भारतमा सामान्य मानिन्छ। 

दुर्घटना लगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेर उनीहरूको उद्धार गरेको थियो। घाइतेहरुलाई नजिकैको अस्पतालमा उपचार गराइएको प्रहरीले जनाएको छ। 

प्रहरीले घटनाको कारणका बारेमा अनुसन्धान भइरहेको बताएको छ। गत महिना मात्रै सार्वजनिक भएको एक प्रतिवेदनका अनुसार भारतमा गत बर्ष सन् २०१६ मा प्रतिदिन औषतमा ४ ०० जनाको मृत्यु भएको छ। 

प्रकाशित: ४ कार्तिक २०७४ ११:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App