८ वैशाख २०८१ शनिबार
समाज

भारतीय व्यापारी अपहरण गर्ने तीन पक्राउ

लहान – भारतीय व्यापारीलाई अपहरणमा संलग्न तीन जना पक्राउ परेका छन् । एक साताअघि अपहरणमा परेका भारतीय व्यापारी अमितकुमार शारदालाई प्रहरीले सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित अम्बरबहादुर मगरको घरबाट सकुशल मुक्त गरेको छ । 

अपहरणमा संलग्न रहेको आरोपमा सप्तरीको कञ्चनरुप–४ का अम्बरनाथ विश्वास, शैलेन्द्रकुमार गुप्ता र पुष्कर महतोलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुको साथबाट दुई थान कटुवा पेस्तोल र अपहरण गर्ने क्रममा प्रयोग भएको डिएल ३ सिएए ८९५६ नम्बरको भारतीय कारसमेत बरामद भएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । ‘पक्राउ परेकाहरुविरुद्व अपहरण तथा शरीर बन्धकको मुद्दा चलाइनेछ,’उनले भने ।

प्रकाशित: ४ कार्तिक २०७४ १२:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App