coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

झडपमा ५५ सुरक्षाकर्मी सहित ६८ को मृत्यु

काएरो, इजिप्ट (रासस/एपी) –काएरो नजिक विद्रोहीको आश्रयस्थलमा गरिएको खानतलासीमा सुरक्षा फौज र इस्लामवादी लडाकूहरुबीच झडप हुँदा कम्तीमा ६८ जनाको मृत्यु भएको शनिबार इजिप्टको प्रहरीले जनाएको छ । 

‘वेस्टर्न डेजर्ट’ मा भएको झडपमा ५० भन्दा बढी सुरक्षा फौजको मृत्यु भएको छ भने १५ जनाभन्दा बढी इश्लामवादी लडाकू मारिएका छन । हास्म नामका उग्रवादी समूहसँग सम्बन्धित रहेको ठानिएका १५ लडाकूहरु पनि उक्त झडपमा मारिएको प्रहरीले जनाएको छ । इजिप्ट अहिले इस्लामवादी विद्रोहसँग लडिरहेको छ । इजिप्टको सुरक्षा फौजले हास्मलाई मुस्लिम ब्रदरहुडकै एउटा समूहको रुपमा ब्याख्या गर्छ । 

प्रकाशित: ४ कार्तिक २०७४ १३:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App