८ वैशाख २०८१ शनिबार
कला

तस्विरमा कलाकारको भाइटीका

काठमाडौं –तिहारको अन्तिम दिन शनिबार दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदी बहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ–आफ्नो परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाई दिएर मनाइएको छ । 

बलिउड अभिनेत्री मनिषा कोइरालाले भाई सिद्धार्थ कोइराला र कोइराला परिवारसँग भाइटिका मनाएकी छिन् । अभिनेता अनमोल केसीले दिदी काजोल केसीको हातबाट टिका थापेका छन् । त्यस्तै कलाकारहरु प्रियंका कार्की, ऋचा शर्मा, रेखा थापा, इन्दिरा जोशी र साम्रागी राज्यलक्ष्मी राणा लगायतले आ–आफ्ना दाजुभाइलाई टिका लगाई दिएर भाइटिका मनाएका छन् । 

कात्तिक कृष्ण त्रयोदशीका दिन सुरु भएको यमपञ्चक पनि शनिबार कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाएपछि समाप्त हुने शास्त्रीय विधान छ । दिदीबहिनी एवं दाजुभाइ नहुनेले भने आज रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा गई टीका लगाएर यो पर्व मनाएका छन् । यो मन्दिर प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् आजैका दिन मात्र सर्वसाधारणका लागि खुल्ने गर्दछ । 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App