coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जिप दुर्घटनामा एकको मृत्यु

दार्चुला – महाकाली नगरपालिका वडा नं ९ दत्तु चुच्चैमा महाकाली यातायातको जिप आज दुर्घटना भएको छ। 

सदरमुकाम खलंगादेखि मालिकार्जुनतर्फ गइरहेको से१ज ५९६ नंको जिप सोतर्‍यौडा खोलामा दुर्घटनाग्रस्त हुँदा जिप मालिक महाकाली नगरपालिका–७ का २४ वर्षीय भूपेन्द्र बडूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते जिप चालक देवराम कोलीलाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरी जिल्ला अस्पतालतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। 

ओरालो खोल्सामा सडकबाट १०० मि तल खोलामा पल्टेको जिपमा दुई जना मात्रै सवार रहेका कारण थप क्षति नभएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्। दुवै जना रातभर जात्रामा रहेका कारण अनिदोमा जिप चलाउँदा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। 

प्रकाशित: ५ कार्तिक २०७४ ०५:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App